चेल्सीका कप्तानद्वारा सम्झौता नवीकरण
शुक्रबार, २० श्रावण २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रिमियर लिग क्लब चेल्सीका कप्तान सेजर एज्पिलिक्वेटाले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
चेल्सीले कप्तान सेजरले थप दुई वर्ष क्लबमा रहने गरि सम्झौता नवीकरण गरेको जनाएको छ ।
कप्तान सेजर अब २०२४ सम्म चेल्सीमा रहने छन् ।
३२ वर्षीय डिफेन्डर २०१२ मा मार्सेबाट चेल्सी आएका थिए ।
उनले चेल्सीका लागि ४ सय ७६ खेलमा १७ गोल गरिसकेका छन् ।
कप्तान सेजरले चेल्सीका लागि प्रिमियर लिग, च्याम्पियन्स लिग, एफए कप, लिग कप, यूईएफए सुपर कप र फिफा क्लब विश्वकप जितिसकेका छन् ।
चेल्सीका कप्तानद्वारा सम्झौता नवीकरण










-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


