युनाईटेडका डिफेन्डर एलेक्स सेभियामा
बिहिबार, १९ श्रावण २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस क्लब सेभियाले डिफेन्डर एलेक्स टेलसलाई अनुबन्ध गरेको छ ।
ला लिगा क्लबले म्यानचेस्टर युनाईटेडबाट ब्राजिलियन डिफेन्डर एलेक्सलाई अनुबन्ध गरेको हो ।
सेभियाले डिफेन्डर एलेक्सलाई एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो ।
एलेक्स २०२० मा पोर्टोबाट युनाईटेड आएका थिए ।
मुख्य प्रशिक्षक एरिक टेन हागको आगमनपछि युनाईटेडले डिफेन्डर मार्टिनेज र मालासियालाई अनुबन्ध गरिसकेको छ ।
जसको कारण एलेक्स लोनमा सेभिया आएका हुन् ।
युनाईटेडका डिफेन्डर एलेक्स सेभियामा










-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


