काठमाडौं । म्यानचेस्टर सिटीले सडक कलाबाट प्रेरित २०२२/२३ तेस्रो किट जारी गरेको छ।
नयाँ किटले म्यानचेस्टरको माहुरीलाई सम्बोधन गरेको छ । यस किटमा धमिलो हुप डिजाइन फिचर गरिएको छ ।
म्यानचेस्टरको माहुरीलाई 'म्यानचेस्टर वर्कर बी भनिन्छ । यो माहुरी म्यानचेस्टरको सबैभन्दा प्रसिद्ध प्रतीकहरू मध्ये एक हो । यो १५० वर्ष भन्दा बढी समय शहरको प्रतीक भएको छ ।
माहुरीले म्यानकुनियनहरूको कडा परिश्रम, नैतिकता र पूरा शहर महान कार्यहरुको घार हो भनेर जनाउँछ । यसले यो महान शहरमा एकताको भावनालाई प्रतिनिधित्व गर्दै आएको छ ।

सिटीको क्लासिक आकाशे नीलो होम किट र रातो/कालो अवे किट रहेको छ । सिटीले जर्सी सङ्कलनलाई नयाँ सिजनको लागि नयाँ उज्यालो, नयाँ जीवन दिनको लागि हरियो तेस्रो किट रोजेको छ । पुमाले यसलाई 'प्ले एभरेभर' भन्ने नाराका साथ सुरु गरेको छ, किनकि यो शर्टले म्यानचेस्टर - स्ट्रीट आर्टसँग सम्बन्धित खेलको फरक रूपलाई सम्बोधन गर्छ ।
सिटी ब्याजलाई जीवन्त लुक दिनको लागि छातीको माथिल्लो हुपमा पुमाको बिरालोको लोगोसँग मिलाइएको छ ।
