चुक्वेमेका चेल्सीमा
बिहिबार, १९ श्रावण २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले मिडफिल्डर कार्नी चुक्वेमेकालाई अनुबन्ध गरेको छ ।
चेल्सीले एस्टन भिल्लाबाट मिडफिल्डर चुक्वेमेकालाई अनुबन्ध गरेको हो ।
युवा मिडफिल्डर चुक्वेमेकाले चेल्सीसँग ६ वर्षको सम्झौता गरेका छन् ।
चेल्सीले चुक्वेमेकालाई २० मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।
गत सिजन उनले भिल्लाका लागि १२ प्रिमियर लिग खेलेका थिए ।
इंग्ल्यान्डले गत महिना यू-१९ युरोको उपाधि जित्दा उनले गोल गरेका थिए ।
चुक्वेमेका चेल्सीमा










-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


