कप्तान कास्परले छाडे लेस्टर
बिहिबार, १९ श्रावण २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब लेस्टर सिटीका कप्तान तथा गोलकिपर कास्पर स्माइकलले क्लब छाडेका छन् ।
डेनमार्कका गोलकिपर लेस्टर छाडेर फ्रेन्च क्लब निसमा अनुबन्धित भएका छन् ।
कास्परले लिग वान क्लबसँग ३ वर्षको सम्झौता गरेका छन् ।
३५ वर्षीय गोलकिपरले ११ वर्षपछि लेस्टर छाडेका हुन् ।
लेस्टरका लागि उनले ४ सय ७९ खेल खेलेका थिए ।
उनले लेस्टरबाट प्रिमियर लिग र एफए कप र कम्युनिटी शिल्ड जितेका थिए ।
डेनमार्कका लागि उनले ८४ खेल खेलेका छन् ।
कप्तान कास्परले छाडे लेस्टर










-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


