काठमाडौं । इंग्लिस क्लब लेस्टर सिटीका कप्तान तथा गोलकिपर कास्पर स्माइकलले क्लब छाडेका छन् ।
डेनमार्कका गोलकिपर लेस्टर छाडेर फ्रेन्च क्लब निसमा अनुबन्धित भएका छन् ।
कास्परले लिग वान क्लबसँग ३ वर्षको सम्झौता गरेका छन् ।
३५ वर्षीय गोलकिपरले ११ वर्षपछि लेस्टर छाडेका हुन् ।
लेस्टरका लागि उनले ४ सय ७९ खेल खेलेका थिए ।
उनले लेस्टरबाट प्रिमियर लिग र एफए कप र कम्युनिटी शिल्ड जितेका थिए ।
डेनमार्कका लागि उनले ८४ खेल खेलेका छन् ।