चुक्वेमेका अनुबन्ध गर्दै चेल्सी
बुधबार, १८ श्रावण २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले मिडफिल्डर कार्नी चुक्वेमेका अनुबन्ध गर्ने भएको छ ।
चेल्सीले एस्टन भिल्लाबाट मिडफिल्डर चुक्वेमेकालाई अनुबन्ध गर्ने भएको हो ।
युवा मिडफिल्डर चुक्वेमेका अनुबन्धका लागि चेल्सी र एस्टनबीच सहमति बनेको छ ।
चेल्सीले चुक्वेमेकालाई २० मिलियन पाउण्डमा अनुबन्ध गर्नेछ ।
गत सिजन उनले भिल्लाका लागि १२ प्रिमियर लिग खेलेका थिए ।
तर, उनी भिल्लाको प्रि-सिजन टुरमा सहभागी भएका थिएनन् ।
इंग्ल्यान्डले गत महिना यू-१९ युरोको उपाधि जित्दा उनले गोल गरेका थिए ।
चुक्वेमेका अनुबन्ध गर्दै चेल्सी










-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


