काठमाडौं । इटालियन क्लब एसी मिलानले मिडफिल्डर चार्ल्स डे केटेलेरलाई अनुबन्ध गरेको छ ।
मिलानले क्लब ब्रुगबाट मिडफिल्डर चार्ल्सलाई अनुबन्ध गरेको हो ।
युवा मिडफिल्डर चार्ल्सले मिलानसँग ५ वर्षको सम्झौता गरेका छन् ।
मिलानमा उनले ९० नम्बरको जर्सी लगाउने छन् ।
अट्याकिङ मिडफिल्डर चार्ल्सले बेल्जियन क्लबका लागि १ सय २० खेल २५ गोल गरेका छन् ।
उनले बेल्जियमका लागि ८ खेल १ गोल गरेका छन् ।