काठमाडौं । प्रिमियर लिग क्लब फुलहमले गोलकिपर बर्न्ड लेनोलाई अनुबन्ध गरेको छ ।
फुलहमले जर्मन गोलकिपरलाई आर्सनलबाट अनुबन्ध गरेको हो ।
३० वर्षीय गोलकिपरले फुलहमसँग ३ वर्षको सम्झौता गरेका छन् ।
लेनो २०१८ मा जर्मन क्लब बयर लिभरकुसेनबाट आर्सनल आएका थिए ।
आर्सनलका लागि उनले १ सय २५ खेल खेलेका थिए ।
जर्मनीका लागि उनले ९ खेल खेलेका छन् ।