काठमाडौं । लिभरपुलका फरवार्ड डिएगो जोटाले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
लिभरपुलले मंगलबार फरवार्ड जोटाले सम्झौता थप गरेको जनाएको छ ।
पोर्चुगिज फरवार्ड जोटाले पाँच वर्ष क्लबमा रहने गरि सम्झौता नवीकरण गरेका हुन् ।
२५ वर्षीय फरवार्ड २०२७ सम्म लिभरपुलमा रहने छन् ।
जोटा २०२० मा उल्भ्सबाट लिभरपुल आएका थिए ।
लिभरपुलका लागि उनले ८५ खेलमा ३४ गोल गरिसकेका छन् ।
गत सिजन उनले लिभरपुलका लागि २१ गोल गरेका थिए ।
पोर्चुगलका लागि उनले २७ खेल खेलेका छन् ।