काठमाडौं । महिला साफ च्याम्पियनसिपका लागि जारी नेपाली राष्ट्रिय महिला फुटबल टिमको बन्द प्रशिक्षणबाट २३ खेलाडी बाहिरिएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार बन्द प्रशिक्षणमा रहेका ५८ खेलाडीबाट २३ खेलाडी बाहिरिएको जनाएको छ ।
मुख्य प्रशिक्षक कुमार थापाले २३ खेलाडी बाहिर राख्दै ३५ खेलाडीलाई प्रशिक्षणमा राखेको एन्फाले जनाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ ।
उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्नेछ । समूह 'बी' मा रहेको नेपालले भदौ २१ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।
यस्तै दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भदौ २८ गते श्रीलंकासँग खेल्नेछ ।
साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।
नेपाल सहज मानिएको 'बी' रहेको छ ।
नेपालको समूहमा श्रीलंका र भुटान रहेको छ ।
यस्तै समूह 'ए' मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ ।
समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
छनोटमा परेका ३५ खेलाडी :
गोलकिपर - एन्जिला सुब्बा, अञ्जना राना मगर, उषा नाथ, कविता विक
डिफेन्डर - अमृता जैशी, गीता राणा, पुनम जर्घा मगर, हिरा कुमारी भुजेल, पूजा राना, विमला विक, सिर्जना सिंह, निशा थोकर, सिर्जना चेम्जोङ, समीक्षा घिमिरे, गंगा गुरुङ
मिडफिल्डर - सरु लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा राई, मञ्जली कुमारी योञ्जन, दीपा शाही, हिमा चौधरी,सविता राना मगर,ईन्दिरा राई,सरस्वती ऐर,कुशुम खतिवडा
फरवार्ड - सावित्रा भण्डारी, अनिता केसी, निर्मला विक, रश्मीकुमारी घिसिङ, रजनी थोकर, चन्द्र भण्डारी, अमिषा कार्की, रेखा पौडेल