इन्टरका डिफेन्डर टोरिनोमा
२०२२ अगस्ट २, मङ्गलबारखेलपाटी संवाददाता

काठमाडौं । इटालियन सिरी ए क्लब टोरिनोले डिफेन्डर भ्यालेन्टिनो लाजारोलाई अनुबन्ध गरेको छ ।
टोरिनोले डिफेन्डर लाजारोलाई इन्टर मिलानबाट लोनमा अनुबन्ध गरेको हो ।
टोरिनोले एक सिजनका लागि उनलाई लोनमा अनुबन्ध गरेको हो ।
अष्ट्रियन डिफेन्डर पछिल्लो समय लगातार लोनमा खेल्दै आएका छन् ।
गत सिजन उनले पोर्चुगिज क्लब बेन्फिकाबाट लोनमा खेलेका थिए ।
अष्ट्रियाका लागि उनले ३६ खेलमा ३ गोल गरिसकेका छन् ।
इन्टरका डिफेन्डर टोरिनोमा