मैदानमै किरणको प्रेम प्रस्ताव !
मंगलबार, १७ श्रावण २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङले मैदानमै प्रेमिकालाई प्रेम प्रस्ताव राखेका छन्।
माल्दिभ्सको शीर्ष डिभिजन लिग धिवेही प्रिमियर लिगको उपाधि जितेको अवसरमा किरणले प्रेमिका कन्चन निरौलालाई मैदानमै प्रेम प्रस्ताव राखेका हुन् । किरणको प्रेम प्रस्ताव कन्चनले स्वीकार गरेकी छिन् ।
किरणले प्रेमिकालाई प्रेम प्रस्ताव गरेको भिडियो समेत सार्वजनिक गरेका छन् । एयर होस्टेज रहेकी कन्चन र किरण पछिल्लो डेढ वर्षयता डेट गरिरहेका थिए ।
किरण आबद्द माजिया स्पोर्ट्स एण्ड रिक्रिएसनले उपाधि जितेको थियो । उपाधि ट्रफी वितरणपछि किरणले प्रेमिकालाई प्रेम प्रस्ताव राखेका हुन् ।
किरण लिगको उत्कृष्ट गोलकिपर समेत घोषित भए । किरणले यस अघि २०१८ को लिगमा उत्कृष्ट गोलकिपर अवार्ड जितेका थिए ।
मैदानमै किरणको प्रेम प्रस्ताव !










-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


