रामसे फ्रेन्च क्लबमा
२०२२ अगस्ट २, मङ्गलबारखेलपाटी संवाददाता

काठमाडौं । फ्रेन्च क्लब निसले मिडफिल्डर आरोन रामसेलाई अनुबन्ध गरेको छ ।
वेल्सका मिडफिल्डरलाई निसले फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
३१ वर्षीय मिडफिल्डरले फ्रेन्च क्लबसँग एक वर्षको सम्झौता गरेका छन् ।
रामसेले सिजनको अन्त्यसँगै इटालियन क्लब युभेन्ट्स छाडेका थिए ।
वेल्सका मिडफिल्डर २०१९ मा आर्सनलबाट युभेन्ट्स आएका थिए ।
तर, उनले अधिकांस समय लोनमा खेल्दै आएका छन् ।
गत सिजन उनले स्कटिस प्रिमियरसिप क्लब रेन्जर्सबाट लोनमा खेलेका थिए ।
रेन्जर्सका लागि उनले ७ खेलमा २ गोल गरेका थिए ।
रामसेले वेल्सका लागि ७५ खेलमा २० गोल गरेका छन् ।
रामसे फ्रेन्च क्लबमा