माल्दिभ्समा किरण उत्कृष्ट गोलकिपर
सोमबार, १६ श्रावण २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ माल्दिभ्सको शीर्ष डिभिजन लिग धिवेही प्रिमियर लिगको उत्कृष्ट गोलकिपर घोषित भएका छन् ।
माजिया स्पोर्ट्स एण्ड रिक्रिएसनबाट खेलेका किरण सिजनको उत्कृष्ट गोलकिपर बनेका हुन् ।
किरण आबद्द माजियाले यस सिजनको उपाधि जितेको थियो । माजियाले लगातार तेस्रो पटक उपाधि जितेको हो ।
माजियालाई उपाधि दिलाउन किरणले उत्कृष्ट प्रदर्शन गरेका थिए ।\

किरणले व्यक्तिगत दोस्रो पटक माल्दिभ्सको लिगको उपाधि जितेको हो ।
यस अघि उनले टिसी स्पोर्टस क्लबबाट उपाधि जितेका थिए ।
किरणले २०१७ र १८ को सिजन टिसी स्पोर्टस क्लबबाट माल्दिभ्सको लिग खेलेका थिए।
किरण २०१८ को लिगमा उत्कृष्ट गोलकिपर चयन भएका थिए ।
किरण उत्कृष्ट गोलकिपर










-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


