छानविन समितिले बुझायो प्रतिवेदन
काठमाडौं । नारायणी रङ्गशाला जग्गा मुआब्जा एवं सट्टापट्टा छानविन उपसमितीले सोमबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव समक्ष प्रतिवेदन बुझाएको छ ।
समितिका संयोजक राष्ट्रिय खेलकुद परिषद्का सदस्य मानदेव हजाराले सदस्य सचिव समक्ष प्रतिवेदन बुझाएका हुन्।
नारायणी रङ्गशालाभित्र आफ्नो जग्गा परेको भनि विभिन्न ब्यक्तिहरुले उक्त जग्गाको उचित मुआब्जा वा सट्टापट्टा माग गरेपछि परिषद्को ९३ औं बोर्ड बैठकले राखेपका सदस्य मानदेव हजाराको संयोजकत्वमा मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महम्मद जियाउल स्लाम सदस्य रहने गरि समिति गठन गरेको थियो ।
समितिलाई उपरोक्त जग्गाहरु सट्टापट्टा गर्ने निर्णय भए बमोजिम उक्त जग्गाको मुआब्जा वा जग्गा बराबरको सट्टापट्टा गर्न जग्गाधनीहरुसंग आवश्यक छलफल र वार्ता गरि सम्वन्धित निकायसंग आवश्यक समन्वय गरि ठोस प्रस्ताव सहित १५ दिन भित्र परिषद् समक्ष प्रतिवेदन पेश गर्न निर्देशन गरिएको थियो ।
















