शुक्रबार, १६ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Bhat Bhateni Supermarket Ad

अन्जना र बिष्णा सेमिफाइनलमा

शुक्रबार, १३ श्रावण २०७९खेलपाटी संवाददाता
अन्जना र बिष्णा सेमिफाइनलमा
mustang rice ad

काठमाडौं । बेलटार एकेडेमीकी अन्जना राई, सुर्खेतकी अग्रिमा भण्डारी, सर्लाहीकी निकिता लामा र कञ्चनपुरकी बिष्णा बिष्ट स्पोर्ट्स हव नेपाल प्रालिको आयोजनामा भएको प्रथम स्पोर्ट्स हव ओपन ब्याडमिन्टन प्रतियोगिताको शीर्ष  २० बाहेककाको महिला एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

अन्जना राईले सुर्खेतकी पुष्पा शाहीलाई २१–११, २१–११ को समान अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेकी हुन् । यस्तै सेमिफाईलन प्रवेश गर्ने क्रममा अग्रिमा भण्डारीले सेनाकी प्रियांशी बमलाई २१–१६, १५–२१, २१–१९ ले पराजित गरिन् । यसैगरि निकिता लामाले १६ फिदरकी रिहाना शेरचनललाई २१–११, २२–२० ले तथा बिष्णा बिष्टले बेलटारकी रोजी राईलाई २०–२२, २१–१२, २१–१२ ले पराजित गर्दै सेमिमा स्थान पक्का गरेका हुन् ।

यस्तै शीर्ष २० बाहेकका पुरुष युगल खुलातर्फ सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडीले लाफा समुह बुटवलका मनोज फौदार र बिवेक न्यौपानको जोडीलाई २१–१९, २१–१७ ले पराजित गर्दै सेमिमा स्थान बनाए ।

यस्तै गरि सेमिमा स्थान बनाउने क्रममा नेपाल पुलिसका गौरव दाहाल र अनिश श्रेष्ठको जोडीले तीनचुलीका निश्चल खत्री र श्रीजल पोखरेलको जोडीलाई २१–१९, २०–२२, २१–१८ ले, सुर्यदर्शनका जुम्ल्याहा दाजुभाई राम मल्ल ठकुरी र लक्ष्मण मल्ल ठकुरीको जोडीले पुलिसका हिरा राई र सुर्य दर्शनका दीपक रानालाई २१–१९, २१–१७ ले तथा तीनचुलीका अभिषेक गुरुङ्ग र राजु थापाको जोडीले सेनाका हिमाल चन्द र सन्तोष पनेरुको जोडीलाई २१–८, २१–१५ ले पराजित गरे ।

यु १७ ब्वाईज तर्फ शिल्क ग्रुपका कविर के.सी.ले बेलटार एकेडेमीका सुसन पौडेललार्ई २१–१३, २१–९ ले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरे । आयोजकका सुनिल कार्कीले १६ फिदरका अभय महरालाई २१–१७, २३–२१को सोझो सेटमा पराजित गर्दै सेमिफाईनलमा कविर संगको भेट पक्का गरे । लाफा समूहका मनोज फौदारले रिसभ राई २१–१७, २१–१५ ले तथा सेनाका डेभिड थापा मगरले बेलटार एकेडेमीका केनिश मगरलाई २१–५, २१–१३ ले पराजित गर्दै सेमिमा स्थान बनाए ।

पुरुष ४५ बर्ष माथिको स्पर्धामा जेष्टका श्याम पराजुली र नविन बाबु श्रेष्ठको जोडीले जित निकाल्दै अन्तिम चारमा स्थान बनाए । उक्त जोडीले टोखाका कान्छा नारायण महर्जन र मान काजी श्रेष्ठको जोडीलाई २१–१७, २१–१५ ले पराजित गरे । यस्तै चितवनका खुश गुरुङ्ग र तनहुका मान बहादुर रानाको जोडीले आयोजकका सुरेन बहादुर आले र लाक्पा शेर्पालाई २१–१७्८, ७–२१, २१–१९ ले, आबिएमएसका किशान छयाम्जुङ्ग र राजेश शाक्यको जोडीले देविनगरका दिल कार्की र चन्द्र खापुङ्गको जोडीलाई १४–२१, २२–२०, २१–१८ ले तथा पिएफसीका पुर्ण हरि होना र संजय कपालीको जोडीले चन्द्रागिरीका विरेन्द्र बिष्ट र हरि खत्रीको जोडीलाई २१–१७, २१–१७ ले पराजित गर्दै सेमिफाईनलमा स्थान पक्का गरे ।

सेवानिवृत कर्मचारीहरुको प्रतिस्पर्धामा आयोजकका सुरेन बहादुर आले र ईन्द्र महताको जोडी, चितवनका खुस गुरुङ्ग र तनहुका मान बहादुर रानको जोडी, सामाखुसीका बिष्णु राना र टिका थापा मगरको जोडी तथा आयोजकका सान बहादुर साम्बा र लाक्पा शेर्पाको जोडी पनि जित निकाल्दै सेमिफाईन प्रवेश गरे ।

५५ बर्ष माथिको खेलमाम बशुन्धाराका पुर्ण चन्द्र जोशी र उमेश के.सी.को जोडी, पाँचथरका मनि कदङ्गवा र गणेश सुब्बाको जोडी, बुटवलका नारायण प्रसाद घिमिरे र धादिङ्गका बिष्णुलाल श्रेष्ठको जोडी तथा पोखराका रमेश भट्टचन र कमल थापाको जोडी पनि जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

 

LiNing Ad
अन्जना र बिष्णा सेमिफाइनलमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

Bajaj Pulsar Motorcycle Ad
उधारो ब्याटमा करिअरकै उत्कृष्ट इनिङ्स, तर सन्तुष्ट छैनन् डि कक

उधारो ब्याटमा करिअरकै उत्कृष्ट इनिङ्स, तर सन्तुष्ट छैनन् डि कक

पुलिसलाई हराउँदै न्यु डायमन्डले जित्यो टाइगर कप

पुलिसलाई हराउँदै न्यु डायमन्डले जित्यो टाइगर कप

अष्ट्रेलियन एलिट ट्रफीमा चौथो भइन् शिभाली

अष्ट्रेलियन एलिट ट्रफीमा चौथो भइन् शिभाली

आर्मीले तेस्रो स्थानका लागि खेल्ने पक्का

आर्मीले तेस्रो स्थानका लागि खेल्ने पक्का

संकटालाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी

संकटालाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी

पुलिसको फाइनल पुग्ने सम्भावना कायमै

पुलिसको फाइनल पुग्ने सम्भावना कायमै

 एपीएफलाई पराजित गर्दै थाइल्यान्ड क्विन्स तेस्रो

एपीएफलाई पराजित गर्दै थाइल्यान्ड क्विन्स तेस्रो

साफ यु–१९ महिला च्याम्पियनसिपको टिकटदर २०० र ५००

साफ यु–१९ महिला च्याम्पियनसिपको टिकटदर २०० र ५००