चार ठूला महिला क्रिकेट प्रतियोगिताको घोषणा
२०२२ जुलाई २७, बुधबारखेलपाटी संवाददाता

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आईसीसी) ले सन् २०२४ देखि २०२७ सम्म आयोजना हुने महिला क्रिकेटको चार ठूला प्रतियोगिताको घोषणा गरेको छ।
आईसीसीले घोषणा गरेको प्रतियोगिता अनुसार इंग्ल्यान्डले २०२६ मा महिला टी–ट्वान्टी विश्वकप आयोजना गर्नेछ।
बंगलादेशले २०२४ महिला टी-ट्वान्टी विश्वकप आयोजना गर्नेछ । यो बंगलादेशले आयोजना गर्ने पहिलो आईसीसी महिला प्रतियोगिता हुनेछ ।
यस्तै एकदिवसीय विश्वकप २०२५ भने भारतमा हुनेछ।
श्रीलंकामा २०२७ फेब्रुअरीमा एक टी-ट्वान्टी च्याम्पियन्स ट्रफी आयोजना गरिनेछ। तर, यस प्रतियोगितामा श्रीलंका छनोट हुनुपर्ने छ ।
चार ठूला महिला क्रिकेट प्रतियोगिताको घोषणा