नेपाल टी-२० लिग घोषणाले खेलाडी उत्साहित - मधेश प्रदेश क्रिकेट

काठमाडौं । मधेश प्रदेश क्रिकेट संघले नेपाल टी-ट्वान्टी लिग निश्चित बन्दा प्रदेशका क्रिकेट खेलाडीहरु र संघ उत्साहित भएको जनाएको छ ।
संघले शुक्रबार प्रेस विज्ञप्ति निकाल्दै नेपाल टी-ट्वान्टी लिगको घोषणाले संघ र खेलाडीहरु उत्साहित भएको जनाएको छ ।
'नेपाल क्रिकेट संघले आयोजना गर्न लागेको नेपाल टी-ट्वान्टीको आयोजना हुने निश्चित भएपछि मधेश प्रदेश क्रिकेट संघ तथा यस प्रदेशका सम्पुर्ण खेलाडीहरु उत्साहित भएका छन्,' सचिव आयुष श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको लिग असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ । पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
क्यानको आयोजनामा संचालन हुन लागेको पहिलो व्यवसायीक क्रिकेट प्रतियोगिता राष्ट्रिय गौरवका आयोजना भएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्तै संघले कार्यसमितिकै असन्तुष्ट केहि पदाधिकारीहरुद्धारा राष्ट्रिय खेलकुद परिषदमा लिग रोक्नका लागि आवेदन दिएको खबरले संघ स्तब्ध भएको जनाएको छ ।
साधारण सभाबाट अनुमोदन भई सकेको निर्णयलाई उल्टाउदै केन्द्रिय पदाधिकारीहरुद्धारा यस्ता किसिमका क्रियाकलाप हुनु क्रिकेट प्रेमिका लागि दुखद भएको विज्ञप्तिमा उल्लेख छ ।
संघको विज्ञप्ति -
प्रेश बिज्ञप्ती
----------------
नेपाल क्रिकेट संघले आयोजना गर्न लागेको Nepal T20 को आयोजना हुने निश्चीत भएपछि मधेश प्रदेश क्रिकेट संघ तथा यस प्रदेशका सम्पुर्ण खेलाडिहरु उत्साहि भएका छन ।
नेपाल क्रिकेटकै इतिहासमा नेपाल क्रिकेट संघको आयोजनामा संचालन हुन लागेको पहिलो व्यवसायीक क्रिकेट प्रतियोगिता तथा राष्ट्रिय गौरवका आयोजना हो । यो प्रतियोगिता बिगतमै हुदा राम्रा भएता पनी ढिलै भएपनी यस प्रतियोगिता हुने निश्चित हुनु सम्पुर्ण नेपाली खेलप्रमीका लागि शुभ संकेत हो ।
हालै नेपाल क्रिकेट संधको धनगढिमा सम्पन्न साधारण सभाबाट अनुमोदन गरेर प्रभावकारी रुपमा संचालनका लागि नेपाल क्रिकेट संघका बर्तमान पदाधिकारीहरुलाई जिम्मेवारी दिएको हो । साथै उक्त प्रतियोगितालाई बिश्व क्रिकेटको सर्वोच्च संस्था ICC ले समेत हरियो झण्डा दिई सकेको छ । बिश्वमै अहिले क्रिकेटलाई फस्टाउनका लागि फ्रेन्चाईज क्रिकेटको महत्वपुर्ण भुमिका रहेको छ । तसर्थ हामीपनी पुर्ण बिश्वस्त छौ भविष्यमा Nepal T20 ले गर्दा नेपालको क्रिकेटको समेत स्तरोन्नतीको लागि महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ ।
नेपाल क्रिकेट अहिले उकालो चढदै छ भने नेपाली युवाले क्रिकेटमा आफनो भविष्यमा देख्न लागेका छन । Nepal T20 ले गर्दा नेपाली क्रिकेट हालको अवस्था भन्दा अझ उकालो चढने निश्चीत नै छ । साथै बिश्वका उच्चस्तरीय खेलाडि सामु समेत हाम्रा नेपाली क्रिकेट खेलाडिहरुले आफना कला देखाउने सुर्वण अवसर समेत रहेको छ ।
Nepal T20 को प्रभावकारी सफलता भनेको नै हाम्रो नेपाली क्रिकेटको सफलता रहेकोले यसलाई सवैले सहयोग गरि प्रभावकारी रुपमा सम्पन्न गर्नु बाहेकको बिकल्प छैन । तथापी कार्यसमितिकै असन्तुष्ट केहि पदाधिकारीहरुद्धारा राष्ट्रिय खेलकुद परिषदमा Nepal T20 नै रोक्नका लागि आवेदन दिएको खवर सुन्दा हामी सतब्ध भएका छौ । धनगढिमा सम्पन्न साधारण सभाबाट अनुमोदन भई सकेको निर्णयलाई उल्टाउदै केन्द्रिय पदाधिकारीहरुद्धारा यस्ता किसिमका कृृयाक्लाप हुनु सवै क्रिकेट प्रेमिका लागि दुखद हो । चित नबुझेका बिषयमा साधारण सभामै प्रश्न उठाएका भए सामाधानका धेरै उपायहरु आउने थिए तथापी त्यसो नगरि नेपालको क्रिकेटलाई नै पछि पार्ने गरि यस्ता कृयाक्लाप हुनुलाई गम्भीरता पुर्वक लिएका छौ । साथै यस्ता किसिमका गतिविधी नगर्न तथा नगराईदिन हुन सवैमा अनुरोध गरिन्छ । यस्तै किसिमका कृयाक्लापका कारण लामो समय प्रतिबन्धमा परिसकेको नेपाल क्रिकेट संघलाई सोहि अवस्थामा पुरयानका लागि अदृश्य शक्तिहरु लागि परेको कसैमा लुकेको छैन । तसर्थ अहिलेको समयमा हामि सवै एकजुट भएर अगाडि बढनुनै बुद्धिमानी हुने देखिन्छ ।
नेपाल सरकारको बिद्यमान कानुन अनुसार दर्ता भएको तथा आफनै बिधान भएको संस्था हो । सुशासन र पारर्दशिता यस संस्थाले प्रमुखतासाथ लिई अगाडि बढने भएकोले Nepal T20 को अयोजनाबाट हुने मुनाफालाई नेपालको क्रिकेट बिकासका लागि जिल्ला तथा प्रदेशमै लागनी हुने भएकोले पनी यसको महत्व बढेको हो ।
अन्तमा, Nepal T20 संचालनका लागि गर्नु भएको मिहिनतका लागि अध्यक्ष चतुर बहादुर चन्द लगायतका सम्पुर्ण नेपाल क्रिकेट संघका पदाधिकारीलाई हार्दिक आभारका साथै सफलताको लागि शुभकामना ब्यक्त गर्दै सम्पुर्ण नेपाली क्रिकेट खेल प्रेमीलाई समेत Nepal T20 संचालनमा आवश्यक सहयोग तथा समन्वय गरिदिन हुनका लागि हार्दिक अनुरोध गरिन्छ ।
धन्यवाद । जय क्रिकेट ।









-1762660030983.webp&w=3840&q=75)

-1762650963668.webp&w=3840&q=75)
-1762650613586.webp&w=3840&q=75)

