काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक सुरु भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा कार्यसमितिको दोस्रो बैठक सुरु भएको हो । बैठक बिहान ७ बजे बोलाइए पनि ढिला गरि सुरु भएको हो ।
यस अघि बैठक सोमबारका लागि डाकिएको थियो । तर, एन्फाका अध्यक्ष पंकज बिक्रम नेम्वाङ बिरामी भएपछि बैठक स्थगित गरिएको थियो ।
एन्फामा नयाँ नेतृत्व आएपछि सूचना र एजेन्डासहित पहिलो पटक बैठक बसेको हो ।
एन्फाले कार्यसमिति बैठकका लागि १२ वटा एजेन्डा यस अघि नै तय गरिसकेको छ । जसमा महिला साफ च्याम्पियनसिपको तयारीदेखि विवादमा रहेको एनएसएल, विभिन्न पदाधिकारी नियुक्ति लगायतका एजेन्डामा छलफल र निर्णय हुने बताईएको थियो ।
यस्तै एन्फाका उपाध्यक्ष कुमार केसीले माग गरेको थप एजेन्डामा समेत छलफल हुने तालिका थियो ।
नवनिर्वाचित कार्यसमिति वार्षिक कार्यक्रम सहित अघि बढ्नुपर्ने बताउँदै केसीले बैठकमा ५ वटा एजेन्डा थप्न माग गरेका छन् ।
हेर्नुस एन्फा बैठकका एजेन्डा :


उपाध्यक्ष केसीले एजेन्डा थप गर्न माग गर्दै दर्ता गरेको पत्र :
