• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
र, जाँदा जाँदै....
खेलपाटी संवाददाता
बुधबार, साउन ४, २०७९ खेलपाटी संवाददाता
र, जाँदा जाँदै....

काठमाडौं ।   नेपाली टोलीको पछिल्लो असफलता तपाईको राजीनामाको कारण हो ?

यो नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकबाट राजीनामा घोषणा गरेका पुबुदु दशानायाकेलाई पत्रकार सम्मेलनमा सोधिएको पहिलो प्रश्न थियो ।

'नेपाल क्रिकेट संघले मलाई कुनै कारणवश नियुक्त गरेको थियो । मलाई लाग्यो मैले त्यो काम गरिसके । मेरा केहि व्यक्तिगत कारणहरु छन् जसलाई मैले सम्हाल्नु पर्नेछ । स्कटल्याण्ड भ्रमणपूर्व नै क्यानलाई मैले राजीनामा बुझाइसकेको थिए,' पुबुदुले जवाफ दिए।

गत मंसिरमा पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरिरहँदा क्यान तत्कालिन विवादबाट टिमलाई बाहिर तानेर टिममा एकता ल्याउन सक्ने कुरामा विश्वस्त थियो ।

क्यान पुबुदु जस्तै पात्रको खोजीमा थियो जसले तत्कालिन टिमका सिनियर खेलाडीसँग लामो समय काम गरेका थिए । उनले नै वर्तमान कप्तान सन्दीप लामिछानेको पनि खोज गरेका थिए ।

सन् २०१४ मा विश्वकप खेलाएको टोलीलाई हेरेरै हुर्किएका अन्य युवा खेलाडी त यसैपनि उनीबाट प्रभावित हुने भईहाल्यो । प्राय खेलाडीले उनको कुरा सुन्ने हुँदा पुबुदुले मात्र नयाँ टोलि पुन:निर्माण गर्न सक्छन भन्ने क्यानलाई थाहा थियो ।

पुबुदु यस्तो अवस्थामा आए जतिबेला क्यानका पदाधिकारी र खेलाडी एकअर्काविरुद्ध सार्वजनिक रुपमै आरोप प्रत्यारोप गर्थे । तत्कालिन कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्र सिंह ऐरिलाई क्यानले हटाएको थियो । साथै क्यानले मल्ल र ऐरिसहित सोमपाल कामी र कमलसिंह ऐरिलाई कारबाही पनि गर्यो । सन्दीप नेपालको नयाँ कप्तान बने । तर क्यानको सो निर्णयविरुद्ध अन्य केहि खेलाडीले कारबाही फिर्ता नलिए नखेल्ने चेतावनी दिए । प्रशिक्षण पनि बहिस्कार गर्दै सामाजिक सञ्जालमा 'आई एम डन' लेख्दै बिरोध गरे ।

अहिले क्यानडा फर्कदै गर्दा पुबुदुले भने, 'मैले क्यान व्यवस्थित भएको देखे । यो अवधिभरि मलाई क्यानको पूर्ण साथ सहयोग रह्यो । क्यानको प्रशासनिक कामको म तारिफ गर्न चाहन्छु । मलाई क्यानले नियुक्ति गर्दा धेरै चुनौती थिए । त्योबेला हाम्रो उदेश्य टोलीमा देखिएका समस्या हटाउने रहेको थियो । नेपाली क्रिकेट पहिलेको भन्दा धेरै बदलिएको छ । जुन परिवर्तन आवश्यक थियो मैले गरेँ । अब एउटा युवा टोलीको निर्माण भईसकेको छ । आशा छ आगामी दिनमा यहि टोलीले राम्रो गर्नेछ ।'

'मलाई थाहा छ मैले सबै कुरा मिलाउन सकिन । तर जति सक्थे गरे । यो टोली सेट छ । क्यानले यसैलाई निरन्तरता दिने सोच्नुपर्छ,' पुबुदुले पत्रकार सम्मेलनमा थपे ।

पुबुदुले फ्यान, मिडिया, खेलाडीको सम्बन्धलाई पनि जोडेका थिए । यो सम्बन्ध बिगतमा भन्दा केही बदलिएको छ ‌। उनी यो सम्बन्ध बलियो भएपनि पहिलेको जस्तो प्रगाढ सम्बन्ध नरहेको धारणा राखिरहेका थिए ।

हामीलाई कसैले इमान्दार भएर उत्तर दिईरहेको छैन । तपाईलाई के लाग्छ कोच ? टोलीमा एकता नभएको साँचो हो ?

यो प्रश्नमा भने पुबुदु अलिकति अक्मकिदै बोले, 'एक समय थियो जब टिममा एकता थिएन तर अहिले छ । सबैकुराको समय हुन्छ । बिस्तारै बिस्तारै सहि हुँदै जान्छ । टिममा एकता ल्याउनु ठुलो चुनौती थियो । मलाई लाग्छ यो कुरामा मैले आफुले सक्ने सबै गरे ।'

तर, शतप्रतिशत एकता नभएको उनको भनाईबाट प्रष्ट बुझिन्थ्यो । उनी प्रतिशतमा उत्तर दिईरहेका थिए ।

'जब म आएँ टिममा एकता थिएन तर अहिले लगभग ९५ प्रतिशत एकता छ । अहिले टोलीमा भएको समस्या अब बाँकी छैन । सन्दीप कप्तानको रुपमा निखारिदैछन् । उनी आफै युवा छन् । केहि समय भित्रै यो टोलि एसोसियटमा उत्कृष्ट बन्ने विश्वास छ । तर दु:ख छ कि म टोलिसँग हुनेछैन,' उनले भने । 

पछिल्लो नतिजालाई लिएर उनले थपे,'मैले सन् २००७ यता अन्तर्राष्ट्रिय क्रिकेटमा काम गरेको छु । समर्थकले नतिजाको अनुसार हाम्रो आलोचना गर्नु स्वभाविक हो । यसको लागि धैर्य गर्न सक्नुपर्छ । पछिल्लो ६ महिनामा बोर्डले टोलीको लागि गरेको कार्य प्रशंसनीय छ । बोर्डले गरेका यी कार्यको नतिजा पक्कै आउनेछ ।'

उनले आफ्नो भविष्यको बारेमा पनि केहि कुरा राखे । तर, राजीनामा दिएलगत्तै पुबुदु क्यानडाको मुख्य प्रशिक्षक नियुक्त भए ।

'यो मेरो प्रशिक्षण करियरको कठिन निर्णय हो । म भावुक छु । म नेपाली क्रिकेटबाट टाढा हुने भएको विषयले निकै भावुक छु । अब म मेरो परिवारको हेरचाह गर्छु । उनीहरूलाई मेरो आवश्यक छ,’ पुबुदुले भने,'केहि काम गरे भने पनि क्यानाडामै स्थानीय क्रिकेटमै गर्छु।'

अन्तिममा उनले नेपाली समर्थकलाई सम्बोधन गरे । धन्यवाद दिदै भने 'युवा टोलीमा निकै सम्भावना छ । टोली र सन्दीपलाई साथ दिनुहोस् । आगामी दिनमा यहि टोलीले निकै खुसी दिनेछ ।'

पुबुदुको प्रशिक्षणमा फेब्रुअरी यता नेपालले सबै (आधिकारिक र गैर आधिकारिक) गरि जम्मा ३६ खेल खेल्यो । जसमध्ये १९ जित, १५ हार र २ खेलमा बराबरको नतिजा निकालेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
क्रिकेटर अभय यादव सम्मानित
क्रिकेटर अभय यादव सम्मानित
कीर्तिमानी मुल्डर
कीर्तिमानी मुल्डर
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
के होला वाइल्डेको भविष्य?
के होला वाइल्डेको भविष्य?
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
क्रिकेटर अभय यादव सम्मानित
क्रिकेटर अभय यादव सम्मानित
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP