• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
'बादशाह' बाबर आजम 
खेलपाटी संवाददाता
मंगलबार, साउन ३, २०७९ खेलपाटी संवाददाता
'बादशाह' बाबर आजम 

काठमाडौं ।  गत वर्ष पाकिस्तानी लिजेन्ड इन्जमाम-उल-हकले अहिलेका सुपरस्टार बाबर आजमलाई विराट कोहली र केन विलियमसनसँग गरिएको तुलना बारेमा सोधे । उनीहरुसँग नाम जोडिदा दबाब वा प्रोत्साहन कस्तो महसुस भएको छ ?

बाबरले आफ्नो नाम यसरी जोडिन पाउँदा आफूलाई निकै कृतज्ञ र खुशी लागेको बताए । 'कुनै ठुलो स्तरमा नाम कसरि बन्छ ? जब तपाईको टोलीले जित्छ । उँहाहरुको उत्कृष्ट प्रदर्शन जितको लागि थियो । त्यहि कुरा मैले आफैंमा अनुशरण  गरेको छु । खेल जित्नुहोस्, नाम आफै बन्छ,' उनले भने ।

इन्जमामले बाबरको करियरको सुरुआतमा उनको ब्याटिङलाई लिएर भएको आलोचनाको बारेमा प्रश्न उठाए ।

'मलाई मेरो यू-१९ दिनमा आरोप थियो, म टिभी खेलाडी होइन । प्रत्यक्ष प्रसारण हुने खेलहरूमा प्रदर्शन गर्दैन । त्यसको अर्थ म ठूलो खेल खेल्ने खेलाडी होइन,' बाबरले भने, 'मैले यसलाई सकारात्मक रूपमा लिएँ । कमजोरीलाई कसरी सच्याउन सकिन्छ ? म सबैलाई कसरी गलत साबित गर्न सक्छु ? मेरो प्रदर्शनले मात्रै ।'

Babar surpasses Kohli to create incredible Asian record during 1st Test |  Cricket - Hindustan Times

बाबर कहिलेकाही एक्लै हुन्छन, वन म्यान आर्मी जस्तै । तर, उनको खुट्टा क्रिजमा नाचिरहेको हुन्छ । उनी त्यो क्षेत्रलाई आरामसँग कभर गर्छन जो अन्य ब्याटर सायदै गर्छन । राहुल द्रविड जस्तै, बाबर आफ्नो इनिङ लामो बनाउनका लागि प्रेस- ब्याक गर्न सक्छन । विरेन्द्र शहवाग जस्तै, उनी अगाडी झुक्न सक्छन र सुन्दर कभर ड्राइभ लगाउन सक्छन् ।

यदि कुनै पाकिस्तानी खेलाडीको उदाहरण दिने हो भने, उनको प्रेस-ब्याक लगभग त्यति नै प्रभावशालि छ जति सलिम मलिकको, जो स्पिनका  एक अद्भुत खेलाडी हुन् ।

जब डेल स्टेन आफ्नो पिकमा थिए, जसलाई माइकल होल्डिङले समेत 'उनले देखेको सबैभन्दा राम्रो फास्ट बलर' भन्दै तारिफ गरेका थिए ।  लामो आउट स्विङरहरू, राम्रो लेन्थबाट । त्यसै गरी इनस्विङरहरू, सीमरहरू सबै प्रयोग गरे । तर बाबरले रोकेनन् मात्र प्रहार गरे । डेल स्टेन बाबरले आफ्नो होस् उडाएको कुरा अझै भनिरहन्छन ।

आफ्ना बुबाको लागि खेल्दै बाबर 

बाबरको क्रिकेटप्रेमी पितासँगको सम्बन्धले उनको चरित्र र संकल्पलाई बलियो बनाएको देखिन्छ । आर्थिकमा कमजोर तर खेल र आफ्नो छोराप्रतिको मायामा उच्च, उनका बुबाले उनलाई धेरै जसो खेलहरूमा साथ दिए ।

'मेरो बुबा मेरो ब्याटिङ हेर्न समयमै पुग्नुहुन्थ्यो । मलाई आफै दबाब महसुस हुन्थियो । म आउट हुन सक्दिन । खराब सट खेल्न मिल्दैन ! बाबा हेरिरहनुभएको छ,' बाबर भन्छन्  ।

'अहिले पनि, मलाई त्यो डर हुन्छ । यदि मैले खराब सट खेले भने उँहा मलाई गाली गर्नुहुन्छ ! यसले मलाई मद्दत गरेको छ । गल्तीको लागि कुनै मौका छैन । यसले गर्दा मेरो फोकसमा धेरै सुधार भएको छ,' उनी थप्छन् ।

India vs Pakistan: Watch - Babar Azam's father gets emotional after  Pakistan script World Cup history - Sports News

बाबरको पहिलो ब्याट र किट मामाको मायाले आएको थियो ।

'मामाले मलाई ३५०० रुपैया दिनुभयो र मैले १५०० रुपैयामा ब्याट पाएँ । सायद त्यो ब्याट मेरो पुरानो घरमा छ,' बाबरले भने ।

बाबरका बुबाले सधैं उनको लागि खाना ल्याउँथे । कहिलेकाहीं, बाबरले आफ्नो बुबालाई पहिले नै खाना खाइसके भनेर भन्न मन लागेन । 'किनभने उहाँलाई थाहा हुन्थ्यो मैले केहि खाएको छैन । जसले आमाबाबुको सम्मान गर्छ, अल्लाहले उसलाई अजयी बनाउनुहुन्छ,' उनी भन्छन् ।

यस पुस्ताका धेरै पाकिस्तानी खेलाडीहरूले टोलीमा केही वर्ष पछि रिग्रेसन देखेका छन् । तर बाबर, पाकिस्तानको लागि अस्वस्थताबाट पनि मुक्त देखिन्छन् । पाकिस्तानले उनको काँधमा जिम्मेवारी थपेको छ । उनी सन् २०१९ मा टी-ट्वान्टी र एकदिवसीयको कप्तान नियुक्त भएका थिए ।  अन्ततः २०२१ बाट टेस्ट टोलीको कप्तानी गरे ।  व्यक्तिगत रूपमा अहिले उनको प्रभाव विश्व क्रिकेटमा देखिन्छ ।

खेलको गहिरो विश्लेषक मध्ये एकको रूपमा उनको ख्याति नभएतापनि उनको कप्तानीले आधुनिक प्रगतिशील सोचको संकेत चिन्हहरू देखाउँछ । र, बाबरले अहिले धेरै कुरा सिकिरहेका छन् । उनीसँग अपेक्षा धेरै छ । युवा काँधमा राखिएको कुनै पनि दबाबलाई अहिले सम्म उनले अप्ठ्यारो मानेका छैनन् । बाबरले तनाव महसुस नगरेको देखिन्छ ।

वेस्ट इन्डिजविरुद्धको ओडीआई शतकको ह्याट्रिक पछिको टेस्ट शृंखलामा टेस्ट डेब्यु गरेको दिनदेखि बाबरले युनिस खान र मिसबाह-उल-हकको रेकर्डमाथि नै धावा बोले । उनले अवसरलाई समाते र त्यसपछि बाबर आजम पाकिस्तानका उत्कृष्ट ब्याट्सम्यान, देशका सबैभन्दा प्रसिद्ध क्रिकेटर र विश्वका उत्कृष्ट ब्याट्सम्यान बने । उनी आफ्नो करियरको सुरुआतमै भए पनि पाकिस्तानका उत्कृष्ट ब्याट्सम्यानमध्ये एक भईसके ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
क्रिकेटर अभय यादव सम्मानित
क्रिकेटर अभय यादव सम्मानित
कीर्तिमानी मुल्डर
कीर्तिमानी मुल्डर
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
के होला वाइल्डेको भविष्य?
के होला वाइल्डेको भविष्य?
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
क्रिकेटर अभय यादव सम्मानित
क्रिकेटर अभय यादव सम्मानित
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP