क्यानडामा नरेशको दोहोरो शतक

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य नरेश बुढाऐरले क्यानडाको एक स्थानिय क्रिकेट प्रतियोगितामा दोहोरो शतक प्रहार गरेका छन् ।
नरेशले मिसिसाउगा क्रिकेट लिगमा दोहोरो शतक प्रहार गरेका हुन् । नर्थ योर्कको फेलिंटोन पार्कका मैदानमा नाईट क्रिकेट क्लबविरुद्ध उनले दोहोरो शतक बनाएका हुन् ।
नरेशले नेपालीहरुको क्लब नेप्लिज क्यानेडियन क्रिकेट क्लबबाट खेलेका थिए । नरेश क्यानडामा बस्दै आएका छन् ।
नरेशले अविजित रहदै ६५ बलमा २ सय १० रन बनाए । जसमा १६ छक्का र २३ चौका समावेश रहेका थिए ।
नरेश नेपालले २०१४ को टी-ट्वान्टी विश्वकप खेल्दा टोलीका सदस्य हुन् ।
नेपालका लागि नरेशले ४ टी-ट्वान्टी अन्तराष्ट्रिय र ६ लिस्ट ए खेल खेलेका छन् ।
नरेशले २०१४ को विश्वकपमा हङकङविरुद्ध टी-ट्वान्टी अन्तराष्ट्रियमा डेब्यु गरेका थिए ।
नरेशले २०१६ मा नामिबियाविरुद्धको खेलमा अन्तिम पटक नेपालको प्रतिनिधित्व गरेका थिए ।
नेपालको घरेलु क्रिकेटमा उनले त्रिभुवन आर्मीका लागि खेल्ने गरेका थिए ।













-1762660030983.webp&w=3840&q=75)

-1762650963668.webp&w=3840&q=75)