क्रिकेट टोली आज स्वदेश फर्कदै
मंगलबार, साउन ३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको स्कटल्याण्ड सिरिज खेलेर नेपाली टोली आज मंगलबार स्वदेश फर्कदै छन् ।
नेपाल क्रिकेट संघ(क्यान) ले नेपाली टोली मंगलबार दिउसो २:४५ बजे नेपाल आईपुग्ने जनाएको छ ।
स्कटल्याण्ड सिरिजमा नेपालले घरेलु टोली र नामिबियासँग दुई दुई खेल खेलेको थियो ।
सिरिजको ४ खेलमा नेपाल एक खेलमा मात्र विजयी भएको थियो ।
नामिबियासँगको दुई खेलमा दुवैमा नेपाल पराजित भएको थियो ।
घरेलु टोलीसँग नेपालले एक खेलमा जित र एकमा हार व्यहोरेको थियो ।
लिग टू आगामी वर्ष भारतमा हुने एकदिवसीय विश्वकपको छनोट हो ।
यस प्रतियोगितामा सात टोलीको सहभागीता रहेको छ ।
नेपाल २० खेलबाट १७ अंक सहित छैटौं स्थानमा रहेको छ ।
ओमान ३६ खेलमा ४४ अंक सहित शीर्ष स्थानमा रहेको छ ।
क्रिकेट टोली आज स्वदेश फर्कदै













-1762660030983.webp&w=3840&q=75)

-1762650963668.webp&w=3840&q=75)