वेस्ट इन्डिजका पूर्व कप्तान दिनेशद्वारा सन्यास
सोमबार, साउन २, २०७९खेलपाटी संवाददाता

काठमाडौं । वेस्ट इन्डिज टेस्ट क्रिकेट टिमका पूर्व कप्तान दिनेश रामदिनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।
विकेटकिपर ब्याट्सम्यान दिनेशले सोमबार अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् ।
सन् २००५ मा अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका दिनेशले पछिल्लो पटक २०१९ मा वेस्ट इन्डिजका लागि खेलेका थिए ।
३७ वर्षीय दिनेशले वेस्ट इन्डिजका लागि ७४ टेस्ट खेलेका छन् ।
यस्तै दिनेशले वेस्ट इन्डिजका लागि १ सय ३९ एकदिवसीय खेल खेल्दा ७१ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् ।
वेस्ट इन्डिजका पूर्व कप्तान दिनेशद्वारा सन्यास













-1762660030983.webp&w=3840&q=75)

-1762650963668.webp&w=3840&q=75)