शनिबार, ०५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

नयाँ बार्सिलोना अरूलाई गाह्रो हुन सक्ने

सोमबार, ०२ श्रावण २०७९खेलपाटी संवाददाता
नयाँ बार्सिलोना अरूलाई गाह्रो हुन सक्ने
Loading ad...
mustang rice ad

काठमाडौं । जति नयाँ सिजन २०२२–२०२३ नजिकिंदैछ, बार्सिलोनाको नयाँ टिम उत्तिकै बलियो देखिन थालेको छ । पक्कै पनि यो बार्सिलोना टिमको सामना गर्न अरू सबैलाई गाह्रै हुनेछ । यो तथ्य जहाँ उसका समर्थकलाई खुसीको समाचार हो, त्यहीं प्रतिद्वन्द्वीका लागि चिन्ताको विषय हो । भर्खरै बार्सिलोनाले रोबर्ट लेवनडोस्कीलाई अनुबन्ध गरेको छ र यसले टिमको आक्रमणको धार अझ मजबुत भएको छ । यी पोलिस फरवार्डलाई ल्याउन बार्सिलोनाले खुबै मिहिनेत गरेको थियो ।

अन्त्यमा बार्यन म्युनिख लेवनडोस्कीका लागि चार करोड ५० लाख युरोमा बेच्न तयार भयो । बार्सिलोनाले उत्तिकै लामो मिहिनेत गरेर ओसमन डेम्बेलासँगको अनुबन्ध पनि नवीकरण गरेको छ । यस्तोमा जम्माजम्मी चार दिनभित्र बार्सिलोनाले आफ्नो आक्रमणलाई पूर्ण रूप दिएको छ र उसका लागि अगाडि खेल्ने खेलाडीमा माथिल्लो स्तर, गज्जब गुण सबै देखिएको छ, जुन धेरै फुटबल प्रशिक्षकले खालि कल्पना मात्र गर्न सक्छन् ।

Image

लेवनडोस्की र पिएरे एमकिर अबमेयाङ दुवै गोलका भोका खेलाडी हुन्, यसमा कुनै शंका छैन् । लेवनडोस्की ठीक समयमा ठीक स्थानमा रहेर गोल गर्न माहिर खेलाडी हुन् । अबमेयाङले भने आर्सनलबाट आएयता बार्सिलोनाका लागि अघिल्लो सिजन नै आफूलाई प्रमाणित गरिसकेका छन् । एउटा अनुमान के गर्न सकिन्छ, भने यी दुवैले बार्सिलोनाका लागि अबको सिजन धेरै गोल गर्न सक्ने छन्, भलै यी दुवै खेलाडीको उमेर भने सायद केही बढी छ ।

लेवनडोस्की भए, ३४ । अबमेयाङ भने ३३ । उमेरकै कारण डेम्बेला र राफिन्हा भने उत्तिकै तीव्र गतिका हुने पनि अनुमान गर्न सकिन्छ, यसले विपक्षी टिमको रक्षापंक्तिलाई सजिलै समस्यामा पार्न सक्छ । फेरि टिममा फेरान टोरेस र अन्सु फाटी जस्ता खेलाडी पनि त छन्, जसलाई मज्जाले सुरुदेखि नै खेलाउन सकिन्छ । यी दुवै ‘विन्गर’ का रूपमा मध्यभागतिर छिर्न पनि सक्षम छन् । फाटी चोटबाट पूर्णत: मुक्त हुने हो भने उनको उपयोगितामा पनि कुनै शंका छैन् ।

खासमा बार्सिलोनाको आक्रमण मात्र सुधार भएको होइन्, उसको रक्षापंक्ति पनि उत्तिकै सुदृढ देखिएको छ । टिमको अग्रपंक्ति जसरी ठ्याक्कै मिलेको देखिन्छ, रक्षापंक्तिमा पनि त्यस्तै भएको छैन् । आन्द्रेस क्रिस्टेन्सन आएपछि रक्षापंक्तिमा सजिलो भएको छ । जुलेस काउन्डेको उपस्थितिले पनि रक्षापंक्ति बलियो नै हुनेछ । टिममा रोनाल्ड एराजु, जेरार्ड पिके र एरिक गार्सिया जस्ता खेलाडी त यसअघिदेखि नै छन् । सायद हल्का केही चिन्ता यही रक्षापंक्तिलाई लिएर हुन सक्छ ।

टिमको मिडफिल्ड भने बार्सिलोनाको आफ्नै घरमा हुर्केका खेलाडीले भरिएको छ, जस्तो, सर्जियो बुस्क्वेट, पेड्री, जाभी र निको । फ्रान्क केसी टिमले अनुबन्ध गरेको नयाँ खेलाडी भए । फ्रेन्क डे जोङको समस्या बार्सिलोनाले अहिलेसम्म सुल्झाउन भने सकेको छैन्, यदी उनी पनि टिममा बस्छन् भने उनको प्रतिभालाई लिएर शंका नै छैन् । तय जस्तै देखिन्छ, यसपल्ट बार्सिलोनाले घरेलु स्पेनी ला लिगामा मात्र होइन्, युरोपेली च्याम्पियन्स लिगमा पनि दरिलै चुनौती पेस गर्नेछ ।

–मार्काको सहयोगमा ।

Loading ad...
LiNing Ad
नयाँ बार्सिलोना अरूलाई गाह्रो हुन सक्ने

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

डराएका ग्वार्डिओला

डराएका ग्वार्डिओला

इन्टर सिरी ‘ए’ उपाधिनजिक

इन्टर सिरी ‘ए’ उपाधिनजिक

मच्छिन्द्र इटहरी गोल्डकपको सेमिफाइनलबाटै बाहिरियो

मच्छिन्द्र इटहरी गोल्डकपको सेमिफाइनलबाटै बाहिरियो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
डराएका ग्वार्डिओला

डराएका ग्वार्डिओला

 नासरकों बजार दौडको उपाधि रुद्रदेवी र टुकराजलाई

नासरकों बजार दौडको उपाधि रुद्रदेवी र टुकराजलाई

इन्टर सिरी ‘ए’ उपाधिनजिक

इन्टर सिरी ‘ए’ उपाधिनजिक

मच्छिन्द्र इटहरी गोल्डकपको सेमिफाइनलबाटै बाहिरियो

मच्छिन्द्र इटहरी गोल्डकपको सेमिफाइनलबाटै बाहिरियो

लालीगुराँस, घनपोखरा ब्ल्यु, खसुर र अरुण मेमोरियल सेमिफाइनलमा

लालीगुराँस, घनपोखरा ब्ल्यु, खसुर र अरुण मेमोरियल सेमिफाइनलमा

इतिहास रच्ने लक्ष्यमा सम्राट

इतिहास रच्ने लक्ष्यमा सम्राट

अपराजित रहँदै आर्मी च्याम्पियन

अपराजित रहँदै आर्मी च्याम्पियन

इलाम गोल्डकपको ट्रफी अनावरण

इलाम गोल्डकपको ट्रफी अनावरण