काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युवा स्ट्राइकर ह्युगो एकिटिकेलाई अनुबन्ध गरेको छ ।
पीएसजीले २० वर्षीय स्ट्राइकरलाई रिम्सबाट लोनमा अनुबन्ध गरेको हो ।
पीएसजीले फ्रान्सको यू-२० टोलीका सदस्य ह्युगोलाई एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो ।
ह्युगोलाई स्थायी खेलाडीको रुपमा अनुबन्धका लागि बिकल्प समेत रहेको छ ।
२०२१ मा उनले डेनिस क्लब भिज्ले बोल्डक्लबबाट लोनमा खेलेका थिए ।
डेनिस क्लबका लागि उनले ११ खेलमा ३ गोल गरेका थिए ।
रिम्सका लागि ह्युगोले २७ खेलमा ११ गोल गरेका छन् ।