काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब युनाईटेडले डिफेन्डर लिसान्ड्रो मार्टिनेजलाई अनुबन्ध गरेको छ ।
युनाईटेडले डच क्लब आयाक्सबाट डिफेन्डर मार्टिनेजलाई अनुबन्ध गरेको हो ।
युनाईटेडले मेडिकल र युकेको भिसाको प्रक्रिया मिलेपछि मार्टिनेजसँगको अनुबन्धको प्रक्रिया पूरा हुने जनाएको छ ।
२४ वर्षीय डिफेन्डरले युनाईटेडसँग ५ वर्षको सम्झौता गरेका छन् ।
अर्जेन्टिनी डिफेन्डर मार्टिनेज २०१९ मा आयाक्समा अनुबन्धित भएका थिए ।
डच क्लबका लागि उनले १ सय २० खेल खेलेका छन् ।
सेन्टर डिफेन्डरले आयाक्समा युनाईटेडका अहिलेका मुख्य प्रशिक्षक एरिक टेन हागको नेतृत्वमा खेलेका थिए ।
युनाईटेडले यस समरमा तेस्रो खेलाडीको रुपमा मार्टिनेजलाई अनुबन्ध गर्न लागेको हो ।
यस अघि युनाईटेडले मालासिया र क्रिस्टियन एरिक्सनलाई अनुबन्ध गरिसकेको छ ।