आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

अम्पायरिङ तथा स्कोरिङ तालिम सम्पन्न

आइतबार, ०१ श्रावण २०७९खेलपाटी संवाददाता
अम्पायरिङ तथा स्कोरिङ तालिम सम्पन्न
Loading ad...
mustang rice ad

इलाम । नेकोस राष्ट्रिय क्रिकेट संघको आयोजनामा इलाममा तीन दिवसीय  ‘ओ’ लेभल क्रिकेट अम्पायरिङ तथा स्कोरिङ प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

जिल्ला क्रिकेट संघ इलामको व्यवस्थापनमा भएको तालिम आइतबार सम्पन्न भएको हो । प्रशिक्षण कार्यक्रममा विभिन्न जिल्लाका महिला तथा पुरुष गरि ३४ प्रशिक्षार्थीले सहभागिता जनाएका थिए ।  

सहभागिहरुलाई आईसीसी प्यानल अम्पायर बुद्धि बहादुर प्रधान, लेभल टु अम्पायर कमलेश झा र उज्वल रेग्मीले प्रशिक्षण दिएका थिए ।

जिल्ला समन्वय समिति कार्यालय इलामको सभाहलमा भएको समापन कार्यक्रममा नेपाल खेलकुद महासंघका केन्द्रिय अध्यक्ष तथा नि.वर्तमान सदस्य सचिव पर्शुराम बस्नेत (कृष्ण), नेपाल क्रिकेट संघ (क्यान)का कोषाध्यष रोशन कुमार सिंह, नेकोस राष्ट्रिय क्रिकेट संघका केन्द्रिय ईन्चार्ज दिपेन्द्र प्रसाद ढकाल र नेपाल खेलकुद महासंघ प्रदेश अध्यक्ष राजकुमार थापा लगायतको उपस्थिती रहेको थियो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल खेलकुद महासंघका केन्द्रिय अध्यक्ष तथा नि.वर्तमान सदस्य सचिव पर्शुराम बस्नेत (कृष्ण)ले नेपाल सबैभन्दा बढी सम्भावना भएको खेलनै क्रिकेट भएको र यो खेललाई अगाडी बढाउने सबै एकजुट भएर लाग्नु पर्ने बताए । उनले क्रिकेट विकासको लागी नेकोस राष्ट्रिय क्रिकेटले गरेको कार्य एकदमै सराहनिय र लाभदायक भएकोले अगामी दिनमा पनि यो संघले अझै उप्लब्धि मुलक कार्यहरु गर्नेमा विश्वास ब्यक्त गरे । उनले नेपाल क्रिकेट संघको वर्तमान कार्य समितीले आईसीसीबाट लागेको आर्थिक  निलम्वन फुकुवा गर्न महत्वपूर्ण भुमिका खेलेकोमा प्रशंसा गरे ।

कार्यक्रममा नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन कुमार सिंहले नेकोस राष्ट्रिय क्रिकेटले आयोजना गरेको तिन दिवसीय  ‘ओ’ लेभल क्रिकेट अम्पायरिङ तथा स्कोरिङ प्रशिक्षण कार्यक्रमले नेपाल भरि नयाँ अम्पायर तथा स्कोररहरु उत्पादन हुने विश्वास ब्यक्त गरे । उनले नेकोस राष्ट्रिय क्रिकेट संघले क्यानसँग सहकार्य गरेर यो कार्यक्रमा आयोजना गरेकोमा संघका अध्यक्ष तथा पदाधिकारीहरुलाई धन्यवाद दिए ।

नेकोस राष्ट्रिय क्रिकेट संघका केन्द्रिय ईन्चार्ज दिपेन्द्र प्रसाद ढकालले प्रशिक्षण कार्यक्रममा सहभागि भएकाहरुलाई शुभकामना दिए । उनले बर्षातको समयमा पनि क्रिकेटलाई माया गरि नेपालको बिभिन्न जिल्लाबाट आएकोमा नेपालमा क्रिकेट खेलप्रतिको लगाव बढेको र अगामी दिनमा सबै जिल्लाहरु खेलकुदमय हुने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा इलाम जिल्ला क्रिकेट संघका अध्यक्ष अर्जुन पौडेलले यो प्रशिक्षण कार्यक्रमले आफ्नो जिल्लामा पनि अम्पायर र स्कोरर उत्पादन हुने र इलाममा क्रिकेट गतिबिधिहरु अझै बढेर जाने विश्वास ब्यक्त गरे ।

नेकोस राष्ट्रिय क्रिकेट संघका अध्यक्ष बिप्लव घोषले कार्यक्रमलाई सफल बनाउन बिशेष भुमिका खेलेको इलाम जिल्ला क्रिकेट संघलाई धन्यवाद दिए । उनले नेपालको मेचीदेखि महाकालीसम्म क्रिकेटमय बनाउने अभियानअन्तर्गत यो कार्यक्रम आयोजना गरिएको बताए । नेपाल क्रिकेट संघसँगको सहकार्य तथा जिल्ला र प्रदेश क्रिकेट संघको समन्वयमा अगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तर रूपमा अगाडि बढाउने घोषले बताए ।

बिप्लव घोषका अनुसार नेकोस राष्ट्रिय क्रिकेट संघले अब निकट भविष्यमा  ‘ओ’ लेभल क्रिकेट कोचिङ कोर्ष आयोजना गर्ने र महिला क्रिकेट प्रतियोगिता पनि आयोजना गर्ने बताए ।

Loading ad...
LiNing Ad
अम्पायरिङ तथा स्कोरिङ तालिम सम्पन्न

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल