सावित्राले फेरि गोकुलमबाट भारतीय लिग खेल्ने
आइतबार, ०१ श्रावण २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका स्ट्राइकर सावित्रा भण्डारीले फेरि गोकुलम केरेला एफसीबाट भारतीय महिला लिग खेल्ने भएकी छिन् ।
गोकुलमले आइतबार सामाजिक संजाल फेसबुकबाट सावित्रालाई नयाँ सिजनका लागि अनुबन्ध गरिएको जनाएको छ ।
सावित्राले यस अघि चौंथो संस्करणको लिग गोकुलमबाट खेलेकी थिइन् । उनीसँगै अनिता बस्नेतले समेत गोकुलमबाट खेलेकी थिइन् ।
चौंथो संस्करणको लिगमा सावित्रा सर्वाधिक गोलकर्ता बनेकी थिइन् ।
सावित्राले त्यस सिजन १६ गोल गरेकी थिइन् ।
उक्त सिजन गोकुलमले उपाधि जितेको थियो ।
गोकुलम अघि सावित्राले सेथु फुटबल क्लबबाट खेलेका थिए ।
सावित्राले फेरि गोकुलमबाट भारतीय लिग खेल्ने












-1770628505169.jpg&w=3840&q=75)
