शनिबार, ०५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

बार्सिलोनामा लेवनडोस्कीको भूमिका ‘मेस्सी’ को जस्तो

आइतबार, ०१ श्रावण २०७९खेलपाटी संवाददाता
बार्सिलोनामा लेवनडोस्कीको भूमिका ‘मेस्सी’ को जस्तो
Loading ad...
mustang rice ad

काठमाडौं । हिजो शनिबार मात्रै रोबर्ट लेवनडोस्की बायर्न म्युनिख  छाडेर बार्सिलोना जाने निश्चित भयो । यसलाई नयाँ सिजनको सबैभन्दा महत्त्वपूर्ण खेलाडी ‘ट्रान्सफर’ मान्दा हुन्छ । फेरि ट्रान्सफर त्यस्तो समय आएको छ, जति बेला बार्सिलोनाको एउटा योजना बाहिर मिडियामा आएको छ । नु क्याम्पको योजना रहेछ, पोलिस स्ट्राइकर लेवनडोस्कीलाई टिममा त्यही भूमिका दिने, जुन कुनै समय अर्जेन्टिनी लियोनल मेस्सीले खुबै मज्जाले स्वाद लिएर निभाउन गर्थे ।

मेस्सी सन् २०२१ मात्रै बार्सिलोना छाडेर पेरिस सेन्ट जर्मेन (पीएसजी) गएका थिए । लेवनडोस्की र मेस्सीले पछिल्ला समय दुई ठूला अवार्डका लागि एक आपसमा भिडेका छन् । जनवरीमा उनी सन् २०२१ को फिफा पुरुष उत्कृष्ट खेलाडी चुनिए । त्यस वर्ष मेसीले लेवनडोस्कीलाई उछिनेर बेलन डे’अर जितेका थिए । मेस्सीलाई यो अवार्ड दिइएपछि त्यसको खुलेरै विरोध पनि भएको थियो । धेरैको मत थियो, यो अवार्ड लेवनडोस्कीले नै जित्नु पर्ने थियो ।

सन् २०२० मा पनि उनी नै यस अवार्डका सबैभन्दा बलिया प्रत्यासी थिए । तर विवादास्पद ढंगले कोरोनाको कहरलाई बहाना बनाएर अवार्ड नै दिइएन्, भलै त्यो सिजन सबै खाले फुटबल कार्यक्रम पूरा भएकै थियो । जे होस, फिफा अवार्ड पाएपछि लेवनडोस्कीले कम्तीमा यति भने भने, ‘मलाई लाग्छ, बेलन डे’अर भन्दा त फिफा अवार्ड नै ठूलो ।’ उनको यो भनाइ बाहिर आएपछि मेस्सी मात्रै चुप लागेर बसेनन्, उनले पनि उत्तर फर्काइ हाले ।

मेस्सीको भनाइ थियो, ‘सबैलाई आफ्नो भनाइ राख्ने छुट छ । म पनि कसले के भन्दै हिड्छ भनेर ध्यान दिइरहन्न ।’ एउटा व्यवहारिक तथ्य र तर्क दुवै के हो भने लेवनडोस्कीले बार्सिलोनाका लागि राम्रो खेल्दा अवार्डहरू जित्ने सम्भावना जति बढी हुन्छ, त्यो सायद बार्यनमा हुन्न । फेरि बेलन डे’अर फुटबल पत्रकारको मतदानबाट दिइने अवार्ड हो, त्यसैले फिफा अवार्ड भन्दा केही फरक छ । अब लेवनडोस्की बार्सिलोनामा महत्त्वको भूमिका आउँछन् भने अवार्डको सम्भावना बढी हुन्छ नै ।

जे होस, अवार्डलाई छाडेर मैदानमा जाने हो भने कम्तीमा बायर्न र लेवनडोस्कीबीचको तनाववपूर्ण माहौल अब समाप्त भएको छ । बायर्नले भनेको छ, लेवनडोस्की आफ्नो क्लब इतिहासकै एक सफल खेलाडी रहेका छन्, उनलाई भविष्यका लागि शुभकामना । लेवनडोस्कीले पनि बायर्नका लागि खेल्नु पाउनु आफ्नो लागि गर्वको उपलब्धी भएको बताएका छन् । नत्र लेवनडोस्की बायर्न छाड्न चाहन्थ्यो भने बायर्न राम्रो मूल्य नपाए किन छाड्ने भन्ने मनसायमा थियो।

रिसै रिसमा लेवनडोस्कीले बायर्नको प्रशिक्षण सत्रमा ढिला ढिला गइरहेका थिए । बार्सिलोना जाने निश्चित भएपछि भने उनी शनिबार प्रशिक्षणको मैदानमा समयमै पुगे र सबैसँग बिदा मागे । बायर्नसँग उनको पछिल्लो समय सम्बन्ध पनि त्यति राम्रो थिएन् र यसका दुई कारण थिए, एक त उनको प्रशिक्षक जुनियल नागल्समनसँग कुरा मिलिरहेको थिएन्, दोस्रो बायर्नले दिइरहेको तबलमा पनि उनलाई चित्त बुझिरहेको थिएन् । खासमा लेनवडोनस्की जत्तिको खेलाडीलाई बार्सिलोनामा राम्रो गर्ने अवसर पनि त हुनु पर्छ ।

–मिररको सहयोगमा ।

Loading ad...
LiNing Ad
बार्सिलोनामा लेवनडोस्कीको भूमिका ‘मेस्सी’ को जस्तो

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

डराएका ग्वार्डिओला

डराएका ग्वार्डिओला

इन्टर सिरी ‘ए’ उपाधिनजिक

इन्टर सिरी ‘ए’ उपाधिनजिक

मच्छिन्द्र इटहरी गोल्डकपको सेमिफाइनलबाटै बाहिरियो

मच्छिन्द्र इटहरी गोल्डकपको सेमिफाइनलबाटै बाहिरियो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
डराएका ग्वार्डिओला

डराएका ग्वार्डिओला

 नासरकों बजार दौडको उपाधि रुद्रदेवी र टुकराजलाई

नासरकों बजार दौडको उपाधि रुद्रदेवी र टुकराजलाई

इन्टर सिरी ‘ए’ उपाधिनजिक

इन्टर सिरी ‘ए’ उपाधिनजिक

मच्छिन्द्र इटहरी गोल्डकपको सेमिफाइनलबाटै बाहिरियो

मच्छिन्द्र इटहरी गोल्डकपको सेमिफाइनलबाटै बाहिरियो

लालीगुराँस, घनपोखरा ब्ल्यु, खसुर र अरुण मेमोरियल सेमिफाइनलमा

लालीगुराँस, घनपोखरा ब्ल्यु, खसुर र अरुण मेमोरियल सेमिफाइनलमा

इतिहास रच्ने लक्ष्यमा सम्राट

इतिहास रच्ने लक्ष्यमा सम्राट

अपराजित रहँदै आर्मी च्याम्पियन

अपराजित रहँदै आर्मी च्याम्पियन

इलाम गोल्डकपको ट्रफी अनावरण

इलाम गोल्डकपको ट्रफी अनावरण