काठमाडौं । इटालियन विंगर फेडेरिको वर्नार्डेसी अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब टोरन्टो एफसीमा अनुबन्धित भएका छन् ।
टोरन्टोले इटालियन क्लब युभेन्ट्सबाट फ्री ट्रान्सफरमा फेडेरिकोलाई अनुबन्ध गरेको हो ।
फेडेरिकोले टोरन्टोसँग ४ वर्षको सम्झौता गरेका छन् ।
युभेन्ट्समा पाँच सिजन बिताएर उनी टोरन्टोमा आबद्द भएका हुन् ।
युभेन्ट्सका लागि उनले १ सय ८३ खेलमा १२ गोल गरेका छन् ।
युभेन्ट्समा रहदा उनले ६ उपाधि जितेका थिए ।
यस्तै इटालीका लागि उनले ३९ खेलमा ६ गोल गरेका छन् ।
युरो-२०२० को उपाधि इटालीले जित्दा उनी टोलीमा रहेका थिए ।