काठमाडौं । प्रि-सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा प्रिमियर लिग क्लब टोटेनहमले स्पेनिस क्लब सेभियासँग बराबरी खेलेको छ ।
दक्षिण कोरियामा शनिबार भएको मैत्रीपूर्णमा टोटेनहम र सेभियाले १-१ गोलको बराबरी खेलेका हुन् ।
प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता भने टोटेनहमले बनाएको थियो ।
खेलको ५० औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ६४ औं मिनेटमा इभान राकिटिकले गोल गर्दै सेभियालाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
प्रि-सिजन टुरका लागि टोटेनहम र सेभिया कोरियामा रहेका छन् ।