काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई अनुबन्ध गरेको छ ।
बार्सिलोनाले शनिबार राति लेवान्डोस्कीलाई अनुबन्ध गरिएको जनाएको छ ।
तर, औपचारिक सम्झौता भने हुन बाँकी रहेको छ ।
बार्सिलोनाले मेडिकलपछि लेवान्डोस्कीसँग औपचारिक सम्झौता हुने जनाएको छ ।
बार्सिलोनासँगको सम्झौताका लागि उनी स्पेन पुगिसकेका छन् ।
पोलिस स्ट्राइकरले सम्झौता एक वर्ष बाकी रहदै जर्मन क्लब छाडेका हुन् ।
३३ वर्षीय लेवान्डोस्कीको बायर्नसँगको सम्झौता २०२३ सम्म रहेको छ ।
बार्सिलोनासँग लेवान्डोस्कीले तीन वर्षको सम्झौता गर्ने बताईएको छ ।
उनी २०१४ मा बोरुसिया डर्टमण्डबाट बायर्न आएका थिए ।
बायर्नका लागि उनले ३ सय ७४ खेलमा ३ सय ४४ गोल गरेका छन् ।
लेवान्डोस्कीले गत सिजन बायर्नका लागि ४६ खेलमा ५० गोल गरेका थिए ।