जिनाब्रीले गरे सम्झौता नवीकरण
शनिबार, असार ३२, २०७९खेलपाटी संवाददाता

काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखका विंगर सर्जी जिनाब्रीले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
बुन्डेसलिगा क्लब बायर्नले शनिबार जिनाब्रीले सम्झौता नवीकरण गरेको जनाएको छ ।
अब जिनाब्री २०२६ सम्म बायर्नमा रहने छन् ।
२७ वर्षीय विंगर २०१७ मा वेर्डेर ब्रेमेनबाट बायर्न आएका थिए ।
जर्मनीका जिनाब्रीले बायर्नका लागि १ सय ७१ खेलमा ६४ गोल गरिसकेका छन् ।
बायर्नका लागि उनले बुन्डेसलिगा, च्याम्पियन्स लिग, जर्मन कप, सुपर कप, क्लब विश्वकपको उपाधि जितिसकेका छन्।
जर्मनीका लागि उनले ३४ खेलमा २० गोल गरेका छन् ।
जिनाब्रीले गरे सम्झौता नवीकरण






-1762856022963.jpg&w=3840&q=75)






