काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टूको त्रिकोणात्मक सिरिज अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले सुरुआतमा बलिङ गरिरहेको छ ।
स्कटल्याण्डको आयरमा जारी खेलमा नेपालले नामिबियाविरुद्ध उत्कृष्ट बलिङ गरिरहेको छ ।
नेपालले उत्कृष्ट बलिङ गर्दा नामिबियाले महत्वपूर्ण ६ विकेट गुमाएको छ ।
कप्तान सन्दीप लामिछानेले ४ विकेट हात पारेका छन् ।
यस्तै सोमपाल कामीको नाममा २ विकेट रहेको छ ।
नामिबियाले २७ ओभरको खेल सकिदा ६ विकेट गुमाएर १ सय १२ रन जोडेको छ ।