काठमाडौं । नेपालको 'ए' डिभिजन क्लब न्युरोड टिम (एनआरटी) प्रि-सिजन टुर सकेर स्वदेश फर्किएको छ ।
प्रि-सिजनका लागि मलेसिया र थाइल्याण्ड गएको एनआरटीको टोली शुक्रबार राति स्वदेश फर्किएको हो ।
एनआरटीले मलेसियामा टुवान याङ टेरुतमा (टीवाईटी) कप फुटबल प्रतियोगिता खेलेको थियो । उक्त प्रतियोगिताको दुबै खेलमा एनआरटीले हार व्यहोरेको थियो ।
यस्तै थाइल्याण्डमा तीन मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा एनआरटीले तेस्रो डिभिजनको क्लब थोनबुरी युनाईटेडलाई २-१ गोल अन्तरले हराएको थियो ।
एनआरटीले शीर्ष डिभिजनको क्लब चोनबुरी एफसी र तेस्रो डिभिजनको कासेम बन्डित युनिभर्सिटी एफसीसँग भने हार व्यहोरेको थियो ।