काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब युनाईटेडले डिफेन्डर लिसान्ड्रो मार्टिनेज अनुबन्ध गर्ने भएको छ ।
युनाईटेडले डच क्लब आयाक्सबाट डिफेन्डर मार्टिनेजलाई अनुबन्ध गर्ने भएको हो ।
२४ वर्षीय डिफेन्डर युनाईटेडसँग सम्झौताका लागि लण्डन आईसकेका छन् ।
अर्जेन्टिनी डिफेन्डर मार्टिनेज २०१९ मा आयाक्समा अनुबन्धित भएका थिए ।
सेन्टर डिफेन्डरले आयाक्समा युनाईटेडका अहिलेका मुख्य प्रशिक्षक एरिक टेन हागको नेतृत्वमा खेलेका थिए ।
युनाईटेडले यस समरमा तेस्रो खेलाडीको रुपमा मार्टिनेजलाई अनुबन्ध गर्न लागेको हो ।
यस अघि युनाईटेडले मालासिया र क्रिस्टियन एरिक्सनलाई अनुबन्ध गरिसकेको छ ।