काठमाडौं । इंग्लिस प्रिमियर लिगको नयाँ टोली नटिङ्घम फरेस्टले गोलकिपर वायन हेनेसीलाई अनुबन्ध गरेको छ ।
फरेस्टले गोलकिपर हेनेसीलाई बर्नलीबाट अनुबन्ध गरेको हो ।
३५ वर्षीय गोलकिपरले फरेस्टसँग २ वर्षको सम्झौता गरेका छन् ।
वेल्सका गोलकिपरले गत सिजन बर्नलीका लागि ३ खेल खेलेका थिए ।
बर्नली रेलिगेसनमा परेको थियो ।
वेल्सका लागि उनले १ सय ३ खेल खेलेका छन् ।
यस अघि फरेस्टले वेल्सका डिफेन्डर निको विलियम्सलाई अनुबन्ध गरेको थियो।