काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले सेनेगलका डिफेन्डर कालिडोउ कुलीबालीलाई अनुबन्ध गरेको छ ।
चेल्सीले इटालियन क्लब नापोलीबाट डिफेन्डर कालिडोउलाई अनुबन्ध गरेको हो ।
चेल्सीले शनिबार डिफेन्डरलाई अनुबन्ध गरिएको जनाएको छ ।
कालिडोउले चेल्सीसँग ४ वर्षको सम्झौता गरेका छन् ।
३१ वर्षीय डिफेन्डर कालिडोउ २०१४ मा जेन्कबाट नापोली आएका थिए ।
नापोलीका लागि उनले ३ सय १७ खेल खेलिसकेका छन् ।
सेनेगलका लागि उनले ६२ खेल खेलेका छन् ।