लिभरपुलले क्रिस्टल प्यालेसलाई हरायो
शुक्रबार, असार ३१, २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रि-सिजन टुर अन्तर्गत सिंगापुरमा भएको मैत्रीपूर्ण खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई हराएको छ ।
शुक्रबार राति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २-० ले हराएको हो ।
लिभरपुललाई जित दिलाउन जोर्डन हेण्डरसन र मोहमद सलाहले एक एक गोल गरे ।
खेलको १२ औं मिनेटमा हेण्डरसनले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाए ।
त्यसपछि खेलको ४७ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए ।
यस जितसँगै लिभरपुलले स्टान्डर्ड चार्टर्ड सिंगापुर ट्रफी जितेको छ ।
लिभरपुलले क्रिस्टल प्यालेसलाई हरायो






-1762856022963.jpg&w=3840&q=75)






