काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीका विंगर रियाद महरेजले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
सिटीले शुक्रबार अल्जेरियाका कप्तान महरेजले सम्झौता नवीकरण गरेको जनाएको छ ।
सम्झौता नवीकरणसँगै महरेज २०२५ सम्म क्लबमा रहने छन् ।
३१ वर्षीय विंगर सन् २०१८ मा लेष्टर सिटीबाट सिटी आएका थिए ।
महरेजले सिटीका लागि १ सय ८९ खेलमा ६३ गोल गर्दा ४५ असिस्ट गरेका छन् ।
महरेजले सिटीका लागि तीन प्रिमियर लिग, तीन लिग कप र एफए कप जितिसकेका छन् ।
