काठमाडौं । प्रि-सिजन टुर अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाईटेडले अष्ट्रेलियाको मेलबर्न भिक्ट्रीलाई हराएको छ ।
शुक्रबार भएको खेलमा युनाईटेडले मेलबर्नलाई ४-१ गोल अन्तरले हराएको हो ।
युनाईटेडको जितमा एन्थोनी मार्सियल, मार्कस राषफोर्ड र स्कट म्याकटोमिनीले एक एक गोल गरे ।
मेलबर्नका क्रिस जेम्सले एक गोल फर्काउदा एडमण्ड लुपान्कुले एक आत्मघाती गोल गरे ।
प्रि सिजन टुरमा युनाईटेडको यो लगातार दोस्रो जित हो ।
यस अघि युनाईटेडले लिभरपुललाई ४-० ले हराएको थियो ।