• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
बस् एक इनिङ आफ्नो लागि  
हेम राज हमाल
शुक्रबार, असार ३१, २०७९ हेम राज हमाल
बस् एक इनिङ आफ्नो लागि  
दीपेन्द्र सिंह ऐरी । फोटो : खेलपाटी

काठमाडौं । 'त्यो संघर्षलाई सम्मान गर्नुहोस् । सम्मान गर्नु भनेको त्यसलाई सम्मानपूर्वक व्यवहार गर्नु हो । म मानव हुँ, त्यसैले स्वाभाविक रूपमा म 'डाउन' भन्दा बढी 'अप्स' चाहन्छु । तर अब म तलमाथि हुनबाट डराउदिन । जब उतारचढाव आउँछन्, म माथि हेर्छु र सामना गर्छु ।'

इन्डियानापोलिस कोल्ट्सका पूर्व मुख्य प्रशिक्षक टोनी डङ्गीले उनको सुपर बाउल विजेता टोलीमा एउटा परिक्षण गरे । त्यसबेला उनको टोली ठुलो संघर्षसंग जुधिरहेको थियो । परिक्षण पश्चात उनले बुझे कि टोलीका महत्वपुर्ण खेलाडीले आफ्नो भावनालाई नियन्त्रण गर्न सकिरहेका छैनन् । उनीहरु आफ्नो खेल जीवनमा आएका उतार चढावबाट हतास भएका छन् । टोनी डङ्गीले त्यस्ता उतार चढावसँग डटेर लड्न खेलाडीलाई सुझाव दिए । सन् २००६ मा इन्डियानापोलिस कोल्ट्स सुपर बाउल च्याम्पियन बन्यो । 

राष्ट्रिय क्रिकेट टोलीका महत्वपुर्ण खेलाडी हुन्, दीपेन्द्र सिंह ऐरी । मैदानमा जब उनको ब्याट बोल्छ, लाखौं क्रिकेटप्रेमी बल र ब्याट ठोक्किदा निस्किएको मधुर आवाज सुन्दै लट्ठ पर्छन । 'मिस्टर डिपेन्डेवल' को परिचय बनाएका छन् दीपेन्द्रले । यहीँबाट अनुमान लगाउन सकिन्छ कि उनी नेपाली क्रिकेटमा उच्च श्रेणीका क्रिकेटर हुन् । नाजुक अवस्थाबाट टोलीलाई जितसम्म पुर्याउनु होस् या आक्रामक क्रिकेटले प्रतिद्वन्दीलाई भयभित तुल्याउनु होस्, दीपेन्द्र आफ्नो बिशेषताका लागि प्रख्यात छन् । 

सन् २०१५-१६ देखि नै दीपेन्द्रको नेपाली क्रिकेटमा उदय भएको हो । उमेर समूहमा २०१६ को यु–१९ विश्वकपबाट उनी आए । उनी यति कलात्मक ब्याट्सम्यान थिए कि एकबर्ष भित्रै सन् २०१७ को आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसीपमा केन्याविरुद्ध नेपालको लागि लिस्ट ए मा डेब्यु गरे । 

सन् २०१७ कै एसीसी यु–१९ एशिया कपमा उनले नेपाली राष्ट्रिय यू–१९ क्रिकेट टोलीको नेतृत्व गरे । समूह ए को खेलमा उनले भारतविरुद्ध ८८ रन बनाउनुका साथै ३९ रन खर्चिएर ४ विकेट लिए । यो खेल कसले बिर्सिन सक्छ ? डिफेन्डिङ च्याम्पियन भारतलाई नेपालले पराजित गर्दा सिंगो क्रिकेट जगत आश्चर्यचकित बन्यो । यो जित ऐतिहासिक थियो । नेपालले कुनैपनि स्तरमा भारतलाई पराजित गरेको यो पहिलोपटक र आजको मितिसम्म अन्तिमपटक रह्यो । त्यो 'गोल्डेन ब्याच' का कप्तान दिपेन्द्रले सो खेलको म्यान अफ द म्याच बन्दै भारतीय क्रिकेट इतिहासले समेत कहिल्यै नबिर्सने गरि नमिठो झट्का दिए । 

यतिबेलासम्म उनी दीपेन्द्रबाट 'दिप्पी' बनिसकेका थिए । समर्थकका अत्यन्तै प्यारा 'दिप्पी' । नेपाली क्रिकेटमा छोटो समयमै यति धेरै लोकप्रियता सायदै अन्य कुनै क्रिकेटरले प्राप्त गरे । 

जनवरी २०१८ मा उनलाई आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को लागि राष्ट्रिय क्रिकेट टोलीमा समावेश गरियो । सन् २०१८ क्रिकेट विश्वकप छनोटको समयमा एकदिवसीय मान्यता प्राप्त गरेपछि नेपालले अगष्टमा नेदरल्याण्डबिरुद्द पहिलो आधिकारिक एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दा यस अभियानमा दीपेन्द्र सिनियर टोलीका प्रमुख खेलाडी मध्यका एक भैसकेका थिए । त्यसअघि जुलाईमा नेदरल्याण्ड, एमसीसी र नेपाल सम्मिलित त्रिकोणात्मक सिरिज प्रसिद्द लर्ड्स मैदानमा हुँदा दीपेन्द्रले आधिकारिक अन्तराष्ट्रिय टी-ट्वान्टी आईमा डेब्यु गरे । त्यसपछि उनले पछि फर्केर हेर्नु परेन ।  

उनी विश्वस्तरीय अलराउण्डर हुन् । सायद अन्तराष्ट्रिय स्तरमा गरेको प्रदर्शनलाई हेर्ने हो भने पारस खड्कापछि नेपालले पाएको सबैभन्दा उत्कृष्ट अलराउण्डर । उनको पिचमा सिंगल्स र डबल्स लिँदा देखिने छरितोपनाले उनलाई भिन्न ब्याट्सम्यान बनाउछ । एकदिवसीय र टी-ट्वान्टी दुवै फर्म्याटमा शतक प्रहार गरेका छन् । आम क्रिकेटप्रेमी उनलाई  'फाईनेस्ट नम्बर ४’ ब्याट्सम्यान मान्छन । अफ स्पिनमा समेत आफुलाई पोख्त राखेका छन् । उनी विकेट टेकर बलर पनि हुन् । उनलाई उनको फिल्डिंग स्किल्सले सधै अविस्मरणिय बनाउनेछ । दीपेन्द्र निसन्देह आधुनिक क्रिकेटमा नेपालले पाएका सबैभन्दा प्रभावशाली फिल्डर हुन् । 

तर समय अनि परिस्थिति सधै एउटै रहँदैन । जसरी हावाले आफ्नो दिशा बदलिरहन्छ त्यसैगरी समयपनि कहिलेकाही तपाईको अनुकुलमा नहुन सक्छ । कहिलेकाही सबै राम्रो गर्न खोज्दा खोज्दै नराम्रो भैरहेको हुन्छ, सबै मिलाउन खोज्दा खोज्दै पनि बिग्रिरहेको हुन्छ । यो सारा मानव जातिले भोगेको एक नमिठो अनुभुती हो । जीवनमा कहिलेकाही नचाहेको ठाउँमा हामी आफुलाई उभिरहेको पाउँछौं । आधा दशक भन्दा लामो करियरमा दीपेन्द्र सिंह ऐरी अहिले त्यही परिस्थितिमा उभिएका छन् ।  

'मिस्टर डिपेन्डेवल' अहिले शान्त छन् । वर्तमान नेपाली टोलीका सबैभन्दा ठुला म्याच विनरको ब्याट मौन छ । उनी रन जोड्न संघर्षरत छन् । यहि वर्षको मे महिनामा दीपेन्द्रले कीर्तिपुर मैदानमा जिम्बावे ए विरुद्ध ६३ रन नटआउट खेलेका थिए । आधिकारिक प्रतियोगिता नभएपनि दीपेन्द्रको त्यो इनिंग ठुलो राहत बोकेर आएको थियो । त्यसअघिबाट नै उनले मैदानमा रन जोड्न संघर्ष गर्दै आइरहेका थिए । तर यस इनिङले उनको आत्मविश्वास फर्काएको महसुस सबैले गरेका थिए । लगत्तै नेपालले अमेरिका र ओमानसँग लिग–२ मा भेट्नु थियो । जुन नेपालको लागि एकदम महत्वपुर्ण छ । यस्तो अवस्थामा दिपेन्द्र लयमा फर्किनु भनेको आधा खेल नेपालले यत्तिकै जित्नु सरह हो ।

जुलाई ९ देखि १५ सम्म नेपालले अमेरिका र ओमानसँग खेल्यो । दीपेन्द्रले चारै खेलमा गरि जम्मा ३० रन मात्र बनाउन सके । उनको ब्याट यति फ्लप थियो कि पहिलो खेलमा ओमानविरुद्ध १६ रन बनाएका थिए भने बाँकी ३ खेलमा दोहोरो अंक समेत छुन सकेकन । यो अत्यन्तै निराशाजनक भ्रमण थियो ।  

नेपाली टोली लगातार भ्रमणमा थियो । अर्को महत्वपूर्ण क्यानडा टुर मा दिपेन्द्र लयमा फर्किन्छन भन्ने अपेक्षा सबैको थियो । नामिबिया, स्कटल्याण्ड र क्यानडाविरुद्ध उत्रिनु अघि नेपालले एमएलसीसी एघारसँग दुई वटा अभ्यास खेल खेल्यो । यहाँ दीपेन्द्रले फेरी एक खेलमा अर्धशतक प्रहार गरे । कप्तान, प्रशिक्षक लगायत सबैलाई फेरी विश्वास थियो, 'दिप्पी इज ब्याक' । कप्तान सन्दीप लामिछानेले उनको आत्मविश्वास बढाउन उनको फिल्डिङ योगदानको तारिफ गर्दै सामाजिक संजालमा फोटो समेत सेयर गरेका थिए । 

पहिलो खेलमा दीपेन्द्र क्यानडाविरुद्ध शुन्यमा 'डक' आउट भए । नामिबियाविरुद्ध ४ र स्कटल्याण्डविरुद्ध ३ रनमा दीपेन्द्र पभेलिएन फर्किदा लाखौँ समर्थक निराश भए । यद्दपी यस टुरमा भने दिपेन्द्र बलिङ र फिल्डिङबाट कमाल गरिरहेका छन् । आफ्नो गुमेको लय फिर्ता पाउन लागिपरेका उनलाई यसले भने ठुलो प्रेरणा मिल्नेछ । 
महत्वपुर्ण अन्तराष्ट्रिय खेलमा किन 'आउट अफ फर्म’ छन् त दिपेन्द्र ?

धेरै क्रिकेट जानकारहरु नेपालले एकाएक उनको ब्याटिङ अर्डरमा गरेको परिवर्तनलाई एउटा कारण मान्छन् । उनी नम्बर ४ मा स्थायी थिए तर पछिल्लो समय उनलाई तल झारिएको छ । यसले गर्दा उनी 'स्टेबल' हुन सकिरहेका छैनन् । पोजिसन सर्टआउट नहुँदा विश्व क्रिकेटमा धेरै ठुला नामहरु पनि पतन भएका उदाहरण प्रशस्त छन् । यस्तो हो भने कमसेकम नेपाललाई त यो छुट छैन कि आफ्नो बेस्ट ब्याट्सम्यानको पोजिसनलाई ‘एक्सपेरीमेन्ट’ गरोस् । यो गल्ति नेपालले गर्ने छैन । 

धेरैलाई लाग्छ, उनमा आत्मविश्वासको कमी भैरहेको छ । उनले जुन स्तरमा आफुलाई पुर्याएका छन् । यहाँबाट उनमाथि आफुले रन हान्न नसकेको दबाब हाबी भैरहेको छ । ग्लानि भैरहेको छ । उनी अब्बल दर्जाका खेलाडी हुन्, समानरुपमा आम अपेक्षा पनि उनीसंग त्यसरीनै जोडिएको हुन्छ । त्यो अपेक्षालाई पुरा गर्ने हुटहुटी उनमा छ । किनकि उनको स्वभाव त्यहिनै हो । त्यसैले उनले आफ्नो मानसिकता परिवर्तन गर्नु पर्छ । आफुलाई डिसट्रयाक्ट नगरी फोकस राखेर ब्याटिङ गर्नु आवश्यक छ, जस्तो उनी अभ्यास खेलमा गर्छन् । किनकी त्यहाँ दबाब लिएका हुदैनन् । 
उनको करियर ग्राफलाई हेर्ने हो भने उनी एकदिवसीय भन्दा टी-ट्वान्टीमा सफल देखिन्छन् । दीपेन्द्र सिंह ऐरी नेपालको लागि टी-ट्वान्टी आईमा सर्वाधिक रन जोड्ने खेलाडी हुन् । लगभग ४० को औसतमा उनको स्ट्राईक रेट १ सय ३३ भन्दा माथिको छ र एक हजार भन्दा बढी रन बनाएका छन् । उनी १ सय १० रन नटआउट इनिङ्सको साथमा टी-ट्वान्टीमा एकै इनिङमा सर्वाधिक स्कोर गर्ने विश्वका तेस्रो खेलाडी हुन् । 

एकदिवसीयमा भने उनको औसत खराब देखिन्छ । मात्र १६ को औसतमा उनले रन बनाएका छन् भने ६७ को स्ट्राईक रेट छ । आधुनिक एकदिवसीय क्रिकेटमा यो आंकडा उत्कृष्ट होइन । जब एकदिवसीय र टी-ट्वान्टीको तुलना हुन्छ हामी फरक दीपेन्द्रलाई पाउँछौ । एकदिवसीयमा जहाँ एकै सिरिजमा चार पटक शुन्य रनमै 'डक आउट’ हुने रेकर्ड उनको नाममा छ भने त्यही टी-ट्वान्टीमा उनी ३४ खेलमा अहिलेसम्म एकचोटी पनि 'डक आउट' भएका छैनन् । यसका साथै तीन इनिङ्समा लगातार अर्धशतक प्रहार गर्ने विश्वका पाँचौं खेलाडी दीपेन्द्रनै हुन् । केहि क्रिकेट जानकार मान्छन्  दीपेन्द्र एकदिवसीयमा फलदायी भैरहेका छैनन् यसर्थ कप्तान, प्रशिक्षक र टिम म्यानेजमेन्टले सोही अनुरूप रणनीति बनाउनुपर्छ ।  

दीपेन्द्रले केहि समय एकदिवसीयमा आराम गर्ने समय लिनुपर्छ भन्ने सुझाव दिन्छन् कतिपयले । उनी जस्तो भर्सटायल खेलाडीले कहिलेकाही आफुलाई पर राखेर नियाल्नुपर्छ । खेलाडीको व्यक्तिगत जीवनमा पनि धेरै कुरा चलिरहेको हुन्छ । मैदान बाहिरपनि उनीहरुको अर्को संसार हुन्छ । किनकि विश्व क्रिकेटका तमाम महान हस्तीले पनि आफ्नो करियरमा यो कुरा लागु गर्दै आइरहेको देखिन्छ । क्रिकेट खेलको स्वरुपनै यहि किसिमको हुन्छ । भारी मात्रामा आफ्ना सेन्सको प्रयोग गर्नुपर्ने खेल भएको हुँदा कहिलेकाही खेलाडीको करियरमा 'मोनोटोनस फेज' आउने सम्भावना पनि रहन्छ । यो खेल बिज्ञानले नै पुष्टि गरिसकेको बिषय हो ।  

यि त भए विश्लेषणहरु ।

आजको दिनसम्म एउटा यथार्थ के हो भने तपाई अहिलेपनि दीपेन्द्र सिंह ऐरीमाथि आँखा चिम्म गरेर दाउ खेल्नु हुन्छ । किनकी उनी लामो रेसको घोडा हुन् । जो हिजो पनि थिए । मात्र २२ बर्षको उमेरमा यो स्तरको सफलता हासिल गर्न सक्ने खेलाडीको लागि 'रिडेम्प्सन पिरियड' धेरै टाढा छ । उनी प्रमाणित भैसकेका अस्त्र हुन्, जसलाई तपाई जहिल्यै आफ्नो विश्वासको भण्डारमा सजाएर राख्नु हुन्छ । 

खेल जीवन भनेकै उतार चढावको संगम हो । यो संगममा मन स्थिर राखेर जसले बहावलाई चिर्दै पौडिन सक्छ किनारासम्म सकुशल उही पुग्छ । खेलकुदमा, जित्ने समय हुन्छ र हार्ने समय पनि आउँछ । खेल जीवनमा यो एउटा सामान्य प्रक्रिया हो । धेरै निराश वा धेरै खुसी हुनु भन्दा दिमागलाई खुला राख्नु प्रत्येक खेलाडीको लागि महत्वपुर्ण कुरा हो । दीपेन्द्र अहिले त्यही उतार चढावको बहावमा पौडिरहेका छन् । यसबाट दीपेन्द्र स्वयंलेनै आफुलाई तार्न सक्छन । किनकी उनको क्षमता कति छ भन्ने कुरा अरुलाइ त थाहा छ भने झन् उनैलाई थाहा नहुने त कुरै भएन । 

उनलाई मात्र एउटा इनिङ चाहिएको छ । यस्तो इनिङ जुन सिधै उनको जिन्दगीसँग जोडियोस् । देश, क्रिकेट समर्थक, विश्लेषक, प्रशिक्षक, कप्तान आदि ईत्यादी कसैको लागि होइन । स्वयम दीपेन्द्र सिंह ऐरी उर्फ 'दिप्पी' को लागि ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कीर्तिमानी मुल्डर
कीर्तिमानी मुल्डर
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
हिमालयन शेर्पाको पहिलो जित
हिमालयन शेर्पाको पहिलो जित
कप्तानको विषय गिजोल्दै एन्फा
कप्तानको विषय गिजोल्दै एन्फा
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल
स्वदेश फर्कियो महिला टोली
स्वदेश फर्कियो महिला टोली
नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने
नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP