काठमाडौं । पोर्चुगिज क्लब बेन्फिकाले युवा मिडफिल्डर एन्जो फर्नान्डेजलाई अनुबन्ध गरेको छ ।
बेन्फिकाले अर्जेन्टिनाको क्लब रिभर प्लेटबाट मिडफिल्डर एन्जोलाई अनुबन्ध गरेको हो ।
२१ वर्षीय सेन्टर मिडफिल्डरले बेन्फिकासँग पाँच वर्षको सम्झौता गरेका छन् ।
उनी २०२७ सम्म बेन्फिकामा रहने छन् ।
रिभर प्लेटमा चार वर्ष बिताएर उनी युरोपियन क्लब आएका हुन् ।
एन्जोले अर्जेन्टिनाको यू-१८ टोलीबाट खेलिसकेका छन् ।
