काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो अनुबन्ध नगर्ने भएको छ ।
चेल्सीले रोनाल्डो अनुबन्धको इच्छा अन्त्य गरेको बीबीसीले जनाएको छ ।
रहिम स्ट्रर्लिङलाई म्यानचेस्टर सिटीबाट अनुबन्ध गरेपछि चेल्सी रोनाल्डो अनुबन्धको प्रयासबाट पछि हटेको हो ।
यस अघि चेल्सीले म्यानचेस्टर युनाईटेडका फरवार्ड अनुबन्धका लागि १४ मिलियन पाउण्डको प्रस्ताव गर्ने तयारी गरेको थियो ।
रोनाल्डो पनि पछिल्लो समय युनाईटेड छाड्ने योजनामा रहेका छन् ।
रोनाल्डोले युनाईटेडसँग क्लब छाड्ने अनुमति मागिसकेका छन् ।
३७ वर्षीय फरवार्ड गत वर्ष युभेन्ट्सबाट युनाईटेड फर्किएका थिए ।
रोनाल्डो गत सिजन युनाईटेडको सर्वाधिक गोलकर्ता थिए ।
तर, युनाईटेड लिगको छैटौं स्थानमा रह्यो । जसको कारण युनाईटेडले च्याम्पियन्स लिगको छनोट खेल्ने अवसर गुमाएको थियो ।
पाँच पटकको बालेन डी'ओर विजेता रोनाल्डोको युनाईटेडसँगको सम्झौता अझै एक वर्ष बाँकी रहेको छ ।
रोनाल्डोले सम्झौता नसकिदै क्लबबाट बाहिरिने योजना बनाएको हो ।
यता युनाईटेड भने रोनाल्डोलाई क्लबमै राख्न चाहन्छ ।