काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा घरेलु टोली स्कटल्याण्डले नामिबियालाई हराएको छ ।
बिहीबार राति भएको खेलमा स्कटल्याण्डले नामिबियालाई ३ विकेटले पराजित गरेको हो ।
नामिबियाले दिएको २ सय १६ रनको लक्ष्य स्कटल्याण्डले ४८ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।
घरेलु टोलीका लागि कलुम म्याकडोनेल्ट र क्रिस ग्रेभिसले अर्धशतकीय इनिङ खेले । म्याकडोनेल्टले ५९ रन बनाए । क्रिसले अविजित रहदै ५३ रन बनाए ।
शफियान सरिफले अविजित रहदै ४० तथा म्याथ्यु क्रसले २९ रन बनाए ।
नामिबियाका लागि रुबेन ट्रम्पेलम्यानले ३ तथा बेन सिकेन्गो,जान फ्रायलिक र डेबिड विजले समान १/१ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ७ विकेट गुमाएर २ सय १५ रन बनाएको थियो ।
नामिबियाका जान फ्रायलिक र ग्रेहार्ड इयरमोर्सले अर्धशतकीय इनिङ खेले । फ्रायलिकले अविजित रहदै ६० रन बनाए । कप्तान इयरमोर्सले ५६ रन बनाए । जेजे स्मिथले २६ तथा डिवान ला ककले २३ रन बनाए ।
घरेलु टोलीका लागि हम्जा ताहिर र गाभिन मेनले समान ३/३ विकेट लिए ।
जितसँगै स्कटल्याण्डले २३ खेलबाट ३२ अंक जोडेको छ । स्कटल्याण्ड अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।
नामिबिया १७ खेलबाट १६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।