ब्रेन्टफोर्डले अनुबन्ध गर्यो गोलकिपर थोमस
बिहिबार, ३० असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब ब्रेन्टफोर्डले गोलकिपर थोमस स्ट्रकोशालाई अनुबन्ध गरेको छ ।
ब्रेन्टफोर्डले गोलकिपर थोमसलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
२७ वर्षीय गोलकिपरले ब्रेन्टफोर्डसँग चार वर्षको सम्झौता गरेका छन् ।
इटालियन क्लब लाजियोसँगको सम्झौता सकिएपछि थोमस इंग्लिस क्लबमा अनुबन्धित भएका हुन् ।
अल्बानियाका गोलकिपरले लाजियोका लागि २ सय बढी खेल खेलेका थिए ।
उनले अल्बानियाका लागि १९ खेल खेलेका छन् ।
यस्तै ब्रेन्टफोर्डले १८ वर्षीय मिडफिल्डर येहोर यार्मोलिकलाई पनि अनुबन्ध गरेको छ ।
ब्रेन्टफोर्डले अनुबन्ध गर्यो गोलकिपर थोमस









-1776781891908.jpeg&w=3840&q=75)
-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)
