डेम्बेलेले गरे सम्झौता नवीकरण
बिहिबार, ३० असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड ओसुमाने डेम्बेलेले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
बार्सिलोनाले बिहीबार फ्रेन्च फरवार्ड डेम्बेलेले सम्झौता नवीकरण गरेको जनाएको छ ।
बार्सिलोना छाड्ने चर्चा चलिरहेको बेला डेम्बेलेले सम्झौता नवीकरण गरेका हुन् ।
डेम्बेलेले थप दुई वर्ष क्लबमा रहने गरि सम्झौता नवीकरण गरेका हुन् । उनी आगामी २०२४ सम्म क्लबमा रहने छन् ।
२५ वर्षीय फरवार्ड २०१७ मा बोरुसिया डर्टमण्डबाट स्पेनिस क्लब आएका थिए ।
बार्सिलोनाका लागि १ सय ५० खेलमा उनले ३२ गोल गरिसकेका छन् ।
डेम्बेलेले फ्रान्सका लागि २७ खेलमा ४ गोल गरेका छन् ।
डेम्बेलेले गरे सम्झौता नवीकरण












-1770628505169.jpg&w=3840&q=75)
