ओजिल इस्तानबुलमा अनुबन्धित
बिहिबार, असार ३०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । जर्मनीका पूर्व मिडफिल्डर मोसिट ओजिल टर्किस क्लब इस्तानबुल बासाकसेहिरमा अनुबन्धित भएका छन् ।
इस्तानबुलले सामाजिक संजालबाट ओजिललाई अनुबन्ध गरिएको जनाएको छ ।
ओजिलले बुधबार मात्र टर्किस क्लब फेनरबाचे छाडेका थिए ।
फेनरबाचेसँगको सम्झौता अन्त्य गर्दै ओजिल प्रतिद्वन्दी क्लब इस्तानबुलमा आबद्द भएका हुन् ।
सम्झौता दुई वर्ष बाँकी रहदै ओजिलले फेनरबाचे छाडेका हुन् ।
इंग्लिस क्लब आर्सनलका पूर्व मिडफिल्डर समेत रहेका ओजिलले फेनरबाचेका लागि कुल ३६ खेल खेलेका थिए ।
३३ वर्षीय ओजिलले गत सिजन फेनरबाचेका लागि २२ लिग खेल खेलेका थिए।
ओजिल सन् २०१३ मा रियल मड्रिडबाट आर्सनल आएका ओजिल टिममा नियमित पर्न छाडेपछि टर्की लागेका थिए ।
उनले आर्सनलबाट ३ एफए कप जितेका थिए ।
ओजिलले आर्सनलका लागि २ सय ५४ खेलमा ४४ गोल गरेका थिए ।
ओजिल इस्तानबुलमा अनुबन्धित













