ओजिलले छाडे टर्किस क्लब
बुधबार, असार २९, २०७९खेलपाटी संवाददाता

काठमाडौं । जर्मनीका पूर्व मिडफिल्डर मोसिट ओजिलले टर्किस क्लब फेनरबाचे छाडेका छन् ।
फेनरबाचे बुधबार मिडफिल्डर ओजिलले आपसी समझदारीमा क्लब छाडेको जनाएको छ ।
क्लबसँगको सम्झौता दुई वर्ष बाँकी रहदै ओजिलले टर्किस क्लबसँगको सम्झौता रद्द गरेका हुन् ।
इंग्लिस क्लब आर्सनलका पूर्व मिडफिल्डर समेत रहेका ओजिलले गत वर्ष फेनरबाचेसँग साढे तीन वर्षको सम्झौता गरेका थिए ।
३३ वर्षीय ओजिल अब अर्को टर्किस क्लब इस्तानबुल बासाकसेहिरमा अनुबन्धित हुने चर्चा रहेको छ ।
ओजिलले फेनरबाचेका लागि कुल ३६ खेल खेलेका थिए । गत सिजन उनले फेनरबाचेका लागि २२ लिग खेल खेलेका थिए।
ओजिल सन् २०१३ मा रियल मड्रिडबाट आर्सनल आएका ओजिल टिममा नियमित पर्न छाडेपछि टर्की लागेका थिए ।
उनले आर्सनलबाट ३ एफए कप जितेका थिए ।
ओजिलले आर्सनलका लागि २ सय ५४ खेलमा ४४ गोल गरेका थिए ।
ओजिलले छाडे टर्किस क्लब













-1762763443397.jpg&w=3840&q=75)